Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुख्यन्त्री तामाङले गरे अप्पर जङ्गुको पैह्रोग्रस्त गाउँ पासिङदाङको निरिक्षण भ्रमण


मगन, 29 जुन। उत्तर सिक्कमको अप्पर जङ्गुको पासिङदाङ गाउँमा गएको भयावह पैह्रोग्रस्त गाउँको निरिक्षण भ्रमणमा मुख्यन्त्री प्रेमसिंह तामाङ पुगे। पासिङ्गदाङका 48 परिवारलाई आज मुख्यमन्त्री तामाङ स्वंयले तत्काल राहत राशि प्रदान गरे। भल पैह्रो प्रभावित क्षेत्रको भ्रमण गर्न मुख्यमन्त्रीसित मन्त्रीमण्डलका सदस्यहरू र सम्बन्धित विभागका उच्च अधिकारीहरूको साथमा आज पासिङ्गदाङ गाउँ पुगेका थिए। प्राकृतिक आपदाको चपेटमा परेको 48 घण्टा नबित्दै यसरी सरकार नै आफ्नो गाउँमा आएको देख्दा स्थानीयवासीहरूमा राहत र खुशीको लहर छाएको थियो भने उनीहरूले यसका निम्ति मुख्यमन्त्रीलाई धन्यवाद दिए। प्राप्त जानकारीअनुसार आज मुख्यमन्त्रीको खामदोङमा असार पन्ध्रको एउटा सांस्कृतिक समारोहमा सहभागिता जनाउने कार्यक्रम थियो तर त्यसलाई पन्साएर उनी पासिङगदाङ पुगेका थिए। पैह्रोको कारण मंगन र जङ्गु बीचको चाँदे र सामलङमा सड़क मार्ग अवरुद्ध भएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री ठाउँ-ठाउँमा पैदल हिँड़ेर पासिङ्गदाङ गाउँसम्म पुगे।

पासिङदाङमा गत 27 जूनको साँझ करिब 7 बजी भयानक भल पैह्रो गएको थियो जसमा धेरैवटा घर साथै पासिङगदाङ माध्यमिक स्कूललाई व्यापक क्षति पुगेको छ। यस घट्नामा कूल 48 परिवार आङ्शिक एवं पूर्णरुपले प्रभावित बनेको छ जसलाई आज मुख्यमन्त्री पीएस गोले, भू-राजस्व एवं आपदा मन्त्री केएन लेप्चा र क्षेत्र विधायक पिञ्चो नामग्यल लेप्चाको बाहुलीबाट तत्काल राहत राशिको चेक प्रदान गरियो। प्रभावित परिवारहरूलाई तत्काल राहतको रुपमा जिल्ला प्रशानको पक्षबाट 1 लाख 1 हजार 9 सय रुपियाँ र मुख्यमन्त्री राहत कोषबाट 2-2 लाख रुपियाँ प्रदान गरियो। पछि सम्बन्धित विभागले वस्ताविक क्षय-क्षतिको आमलन गरेर पूर्ण राहत राशि प्रदान गरिने मुख्यमन्त्री तामाङले गाउँलेहरूलाई सम्बोधन गर्दै भने। यो तत्काल राहत राशि मात्र हो। हामी कसैलाई पनि नछुट्याइ सबै प्रभावित 48 परिवारलाई तत्काल राहत राशि प्रदान गर्दैछौं। पछि आङ्शिक एवं पूर्णरुपे प्रभावित परिवारको क्षय-क्षतिको आमलन गरेर पूर्ण राहत राशि प्रदान गरिनेछ, उनले भने। आज आफ्नो खामदोङमा एउटा राज्यस्तरीय कार्यक्रम हुँदा हुँदै पनि यस प्राकृतिक आपदा आइपरहेको समय जङ्गुवासीको साथमा हुनु महत्वपूर्ण ठानेर मन्त्रीमण्डलका साथीहरू र सम्बन्धित विभागका उच्च अधिकारीहरूको साथमा यहाँ उपस्थित भएको उनले थप बताए। यसरी मुख्यमन्त्री आफै मन्त्रीहरू र अधिकारीहरूको साथमा आएर घट्नास्थलको भ्रमण गर्दा राहत र पुनर्स्थापनाको काम छिटो हुनेछ। फेरि केन्द्र सरकारले पनि जङ्गुको यस प्राकृतिक आपदाको घट्नालाई लिएर रिपोर्ट मागिरहेको छ। मैले केन्द्र सरकारलाई आफै घट्नास्थलको भ्रमण गरेर रिपोर्ट दिन्छु भनेको छु। केन्द्र सरकारलाई पनि म यसरी हाम्रो राज्यलाई लिएर चिन्ता जताएकोमा धन्यवाद दिन चाहन्छु, मुख्यमन्त्रीले भने।

Insert your Ads code here

मुख्यमन्त्री तामाङले आज सर्वप्रथम भल पैह्रोले क्षतिग्रस्त बनाएको पासिङगदाङ सेकेण्डरी स्कूलको भ्रमण गरे। क्षेत्रमा घरिघरि यसरी नै प्राकृति आपदा आउने गरेकोले त्यस स्कूललाई मरम्मत गर्नुको सट्टा अन्य स्थानमा सार्नु उचित रहेको बताउँदै यहाँका विद्यार्थीहरूलाई अहिलेलाई लिङ्तेम जुनियर हाइस्कूलमा अध्ययन गराउँने पछि कुनै पाइक परेको ठाउँमा नयाँ स्कूल बनाउँने उनले सुझाउ दिएका छन्। यसरी नै गाउँलेहरूको पक्षबाट सिङ्गो गाउँलाई नै सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने माग पनि राखिएको थियो जसलाई सरकारले गम्भीरतासित लिने मुख्यमन्त्रीले बताए। यसको निम्ति गाउँलेहरूले एक मत भएर निर्णय लिने र आवश्यक ठाँउको चयन गरेर सरकारमा प्रस्ताव पठाउने मुख्यमन्त्रीले अपील गरेका छन्।

एसकेएम सरकारको कुनै पूर्वाग्रह नराखि राज्यका सबै क्षेत्र, जाति र वर्गको विकास गर्ने नीति रहेको मुख्यमन्त्री तामाङले आज आफ्नो सम्बोधनमा बताए। उल्लेखनीय छ, गत चुनाउमा जङ्गु क्षेत्रबाट एसकेएम पार्टीले हारको सामना गर्नु परेको थियो। आफ्नो पार्टी हारेको क्षेत्रमा प्रायः मुख्यमन्त्री आउँदैनन्। कसैले त सुखौरो लगाउँछु नै भन्छन्। तर, हामी कूनै पूर्वाग्रह नराखि सम्पूर्ण राज्यको विकास गर्न चाहन्छौं। म सधैंभरिको निम्ति मुख्यमन्त्री पदमा रहुन्। तर, सिक्किमे जनताले जबसम्म मलाई यस कुर्सीमा राख्छ तबसम्म इमान्दारितासित कसैलाई नछुट्याइ सबैको समान विकास गर्नेछु। हाम्रो सरकारको प्राथमिकता जङ्गु जस्तो ग्रामीण क्षेत्रको विकास गर्नु हो। पहिले नै विकसित क्षेत्रलाई किन विकास गरिबस्नु?, उनले भने। आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले मान्तम पैह्रोको कारण मुख्यधाराबाट काटिएका उप्पर जङ्गुको निम्ति सरकारले वैकल्पिक सड़क निर्माण गर्ने प्रस्तावलाई मञ्जुरी प्रदान गरिसकेको जानकारी गराए। यसको साथै पैह्रो प्रभावित क्षेत्रमा जनजीवनलाई पूनः मुख्य धारामा ल्याउन सबै सम्बन्धित विभागलाई युद्धस्तरमा काम गर्ने पनि मुख्यमन्त्रीले निर्देश दिएका छन्।

यस अवसरमा स्थानीयहरूले पनि मुख्यमन्त्री समक्ष आफ्ना कुराहरू राखे। यसै क्रममा क्षेत्रका एकजना सचेत युवक तथा सामाजिक कार्यकर्ता ग्याछो लेप्चाले जङ्गुमा मात्र नभएर सम्पूर्ण उत्तर जिल्लामा नै भौगोलिक परिस्थितिको कारण कसैले घर बनाउँदा तथा कुनै पनि परियोजना लगाउँदा यहाँको माटोको वहन क्षमता कति छ भनेर जान्नु आवश्यक छ भन्दै यसको निम्ति सरकारको माइन्स एण्ड जियोलोजिकल विभागले सम्पूर्ण जिल्लाको नै सर्वेक्षण गरेर कतिको सम्भावना छ त्यसबारे प्रतिवेदन तयार पार्नुपर्ने कुरामा जोर दिए। मुख्यमन्त्रीले यस बारेमा सरकारले गम्भीरतासित पहल गर्ने बताए।

आज मुख्यमन्त्री तामाङको साथमा भू-राजस्व एवं आपदा प्रवन्धन मन्त्री केन लेप्चा, सिंचाइ मन्त्री भीम हाङ सुब्बा, ग्रामीण प्रवन्धन एवं विकास मन्त्री सोनाम लामा, वन मन्त्री कर्मा लोडे, शहरी विकास एवं आवास मन्त्री अरुण उप्रेती, सड़क एवं पुल मन्त्री सामडुप लेप्चा, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ साथै सम्बन्धिक विभागका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!