Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुख्यमन्त्रीका राजनैतिक सचिव खालिङको नाममा पैसा उठाउएको आरोपमा एकजना पक्राउ


गान्तोक, 15 सेप्टेम्बर । सिक्किमका मुख्यमन्त्री पीएस तामाङका राजनैतिक सचिव जेकब खालिङको नाम गरेर पैसा उठाएको आरोपमा पुलिसले एकजनालाई पक्राउ गरेको छ। यसबारेमा सचिव खालिङ स्वंयले आज एउटा भीडियो बयान जारी गरेर यसको जानकारी गराएका छन्। घटनाबारे केही दिन अघि उनले गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गराएर कसैले आफ्नो नाममा सर्वसाधरण मानिसहरूबाट पैसा उठाइरहेको जानकारी गराउँदै कानुनी कार्यवाहीको अनुरोध गरेका थिए। खालिङले पुलिसलाई दुईवटा मोबाइल नम्बर पनि दिएका थिए जसबाट फोन गरेर आरोपीले पैसा माग्ने गर्थे। उक्त मोबाइल नम्बर ट्रु कलरमा जेकब खालिङ भनेर देखाउने गर्छ भनी खालिङले प्राथमिकी उल्लेख गरेका थिए।
यस घट्ना सम्बन्धमा पुलिसले दक्षिण सिक्किमको नाम्ची, अप्पर घुर्पिसे निवासी एक युवकलाई पक्राउ गरेको जान्नमा आएको छ। जेकब खालिङले उक्त आरोपीको नाम भन्ने भिडीयो बयानमा उल्लेख गरेका छनैन्। उनले यसरी कसैले पनि आफ्नो नाम गरेर पछिल्ला दिनमा पैसा मागेको छ भने पुलिसलाई जानकारी गराउने अपील गरेका छन्।
यस्तैप्रकारको घटनबारे मुख्यमन्त्री पीएस तामाङका गोपनीय सचिव विकास बस्नेतको नाम गरेर पनि कसैले यसरी नै मानिसहरूलाई पैसा माग्ने गरेको छ। यस विषयमा बस्नेतले पनि अघिबाटै सदर थानामा प्राथमिकी दर्ता गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!