Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुख्यमन्त्रीले गरे राज्यका दुई प्रमुख नाकाको निरिक्षण भ्रमण


गान्तोक, 15 अप्रेल। दोस्रो चरणको लकडाउनको पहिलो दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले राज्यका दुईवटा प्रमुख नाका मल्ली अनि रम्फूको निरिक्षण भ्रमण गरे। हिजो मङ्गलबारको दिन सिक्किमले तीन मईसम्म लकडाउन बडाउने निर्णय लिएपछि मुख्यमन्त्रीले लकडाउनलाई पहिलेभन्दा कडाईको साथमा पालन गर्ने निर्देश जारी गरिएको बताएका थिए। त्यसै अनुरूप आज मल्ली नाका निरिक्षणपछि रम्फू पुगेका मुख्यमन्त्री गोलेले पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यका प्रमुख दुईवटा प्रवेशद्वार छन् ती प्रवेश द्वारमा खटिएका पुलिस प्रशासन, स्वास्थ्यकर्मीहरूको काममाथि जायजा लिन गएको बताए। उनले आफू दुवै नाकाको जायजा लिन साथै सरकारको दिशा निर्देश बारे जानकारी गराएको बताए। उनले दुवै चेक पोष्टमा प्रशासनले राम्रो काम गरिरहेको र कुनै कुराको कमी नभएको बताउँदै अहिले दुवै नाकामा पुलिस अनि स्वास्थ्यकर्मीहरू राम्रोसँग खटिरहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!