Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुख्यमन्त्रीले जनताले लकडाउन तोडेको बयान दिनु केन्द्र सरकार अघि पानीमाथिको ओभानो हुनु हो- केबी राई


गान्तोक, 3 अगस्त सिक्किम रिपब्लिकन पार्टी (एसआरपी)का अध्यक्ष केबी राईले सिक्किमका राजनीतिक मुद्दाहरूलाई लिएर एउटा भीडीयो सन्देश जारी गरेका छन्। भीडीयो वार्तासँगै एउटा लिखित बयान जारी गरेर उनले वर्तमान सरकार प्रतिदिन निकम्मा भएर गइरहेको छ भन्ने आरोप लगाउँदै सरकारले सिक्किमको जनतालाई दिएको वचन कुनैपनि पूरा गर्न सकेको छैन भनेका छन्। उनले देशमा लकडाउन शुरुहुँदा वर्तमान सरकारले 10औं महिना पार गरिसकेको थियो भन्दै आफूले घोषणापत्र, भाषण अनि पत्रकार सम्मेलनमा दिएको वचन अनुरूप तोकिएको महिनाभित्र आफ्नो वचन पूरा गर्न नसक्नुमा सरकार लाचारीपन देखिएको छ भने।

अध्यक्ष राईले वर्तमान सरकार दिनप्रतिदिन कमजोर अनि खाँटी रैथाने सिक्किमेको निम्ति खतरा बन्दै गइरहेको पनि आरोप लगाए। उनले विगत 25 वर्षे सत्तासीन एसडीएफ पार्टीका निवर्तमान मुख्यमन्त्री र अन्य नेताहरूलाई एसकेएम पार्टीको सरकार गठन भएपछि लगत्तै सीबीआई लगाएर रोङ्गे जेलमा पठाउँछु भनि पार्टीको घोषणापत्रमा उल्लेख मात्रै होइन प्रत्येक जनसभामा खुला रूपले चुनौती दिइएको थियो भन्दै अहिलेसम्म सीबीआई त के भिजिलेन्ससम्म पनि लगाउन नसक्ने लाचार, निकम्मा र ढोङ्गी सरकार साबित भएको छ भनि बताएका छन्।

उनले सिक्किमका एकजना अधिवक्ताको फेसबुकक पेजमा सिक्किमको डीजीपी-माथि सून र ड्रग्सको तस्करी भइरहेको आरोप लागेको कुरालाई सिक्किम सरकारले सुनेर, देखेर पनि अन्धो बहिरो भइ तिनै डीजीपीको पक्षमा रक्षात्मक आचरण देखाइरहेकोछ भनेका छन्। यसरी नै अध्यक्ष केबी राईले सरकार अनि जिल्ला प्रशासनको लापरबाहीको कारण रम्फू चेकपोस्टबाट ग्रेफका कर्मचारीहरू कोभिड-19-को प्रोटोकल पालन नगरी रङ्गेली ग्रेफ क्याम्पमा पुगेको हुनाले आज सिक्किममा कम्युनिटी संक्रमण भइरहेको छ भने। उनले यस विषयमा सिक्किम सरकारले जनतालाई लकडाउनको नियम उल्लङ्घन गरेको आरोप लगाएर आफू केन्द्र सरकारको अघि पानीमाथिको ओभानो हुन खोजेको पनि बताएका छन्।
अर्कोतिर आईएएस उपाधिको निम्ति सिक्किमका 6 जना सचिव पदमा रहेका तर नोकरीको समय सिमा पुगिसकेका नोकरशाहलाई सिक्किम सरकारले सिफारिस गरेर अदुरदर्शिताको परिचय दिँएको छ भन्दै उनले यस कार्यले सिक्किमे भावी पिँढीको भविष्य अन्धकारतिर धकेल्ने काम गर्योच भनेका छन्। उनले वर्तमान सरकार शासन गर्ने अधिकार पनि गुमाउने कगारमा पुगेको र प्रशासन चलाउने मालिकना हकअधिकार पनि सिक्किमेको हातबाट उम्किसकेको बेला सिक्किम सरकारले यो आईएएस, आईपीएफ, आईएफएससम्बन्धित सिक्किम क्याडरको 1:3 को औसतलाई रिभ्यु प्रपोजल पास गरी 1:1 को औसत बनाएर मात्रै यस्तो काम गर्नुपर्ने थियो भन्दै यसको निम्त यो सरकारमा क्षमता नै नरहेको बताएका छन्।

Insert your Ads code here

अर्कोतिर एसआरपी अध्यक्ष केबी राईले हालै राज्य सरकारले सिक्किम सरकारको एडिसनल एडवकेट जेनेरलको पदमा नियुक्त गरिएका सुदेश जोशीकुरालाई पनि अघि ल्याउँदै राज्य सरकारलाई घेरामा हालेका छन्। उनले भनेका छन्, जसले सिक्किमका नेपाली भाषीलाई आयकरम छुट विषयको निहुँ गरी सर्वोच्च न्यायालयमा यिनीहरू विदेशी, इन्फ्लक्स, इमिग्राण्ट हुन् र यिनीहरूले पाएको छुट खारेज गर्नुपर्छ भनि मुद्दा दायर गऱ्यो सोही व्यक्तिलाई सिक्किमको अतिरिक्त महाधिवक्ताको पदमा नियुक्त गरेर नेपालीको शिर झुकाउँदै अझ नेपालीको राजनैतिक भविष्यमाथि पूर्णरूपले ग्रहण लगाउने काम भएको छ। यस अतिरिक्त अध्यक्ष राईले वर्तमान सरकारले सम्पूर्ण सिक्किमेको भविश्यलाई अन्धकारमा डुबाउने काम गरेको पनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!