मुख्यमन्त्री गोलेले पहिले 15 वर्ष मन्त्री हुँदा गरेको भ्रष्ट्राचारको कारणले सिक्किममा सीबीआई ल्याउन नचाहेको स्पष्ट भएको छः एसएसीएए
गान्तोक, 5 फरवरी। सिक्किमको सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको आठौं स्थापना दिवसमा अध्य़क्ष तथा मुख्यमन्त्री पीएस गोलेले जनतालाई फेरि डाट्ने काम गरेको सिक्किम एगेन्स्ट सिटिजनसिप एमेण्डमेन्ट एक्ट (एसएसीएए) ले गम्भीर आरोप लगाएको छ। स्थापना दिवसको मुख्यमन्त्रीको भाषणमाथि प्रतिक्रिया गर्नकै निम्ति एसएसीएएले डाकेको पत्रकार सम्मेलनमा एसकेएम पार्टीले सत्तामा पुग्न राज्यमा सीबीआई ल्याउने सपना देखाएर अहिले आएर सिक्किमको पुरानो कानुन रूल 4 (4)लाई समाप्त पार्ने कार्य गर्दै सीबीआई ल्याउनको साटो सीबीआईको रिटायर्ड अफिसरलाई नियुक्ति दिने काम गरिरहेको आरोप लगाएको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसएसीएएका संयोजक पासाङ शेर्पाले एसकेएमको स्थापना दिवसमा मुख्यमन्त्रीले जनतालाई दिनुपर्ने जवाफ नदिएको भन्दै उनले केवल छोटो समयमा नै गरेको धेरै गल्तीहरूलाई स्वीकार गरेर सुधार्नको साटो उल्टै गैर सिक्किमे महेन्द्र पी लामा र सुनिल सरोगीको नियुक्तिबारे उल्टै जनतालाई लट्याउने काम गरिरहेको आरोप लगाए। उनले मुख्यमन्त्रीको सम्बोधनमा महेन्द्र पी लामा जस्तो व्यक्तिलाई नियुक्ति गर्नु सिक्किमको निम्ति राम्रो रहेको तथा सुनिल सरोगीलाई ओएसडी बनाउनु उनी भोलेन्टेयरली आएको जस्ता कुरा गरेर जनतालाई उल्लु बनाउने काम गरेको बताए। उनले भने महेन्द्र पी लामा पहिलाको सरकारमा सल्लाहकार हुँदा नै सिक्किमको धेरै पुरानो कानुनहरू मास्सिएको अनि पर्यावरण विगार्ने विभिन्न परियोजनाहरू भित्राएर सिक्किमको ठूलो क्षति भइसकेको हुनाले अहिले आएर महेन्द्र पी लामा जस्ता व्यक्तिलाई नियुक्त दिए सिक्किमको पुरानो कानुन रूल 4(4) लाई पुनः समाप्त गर्ने कार्य गरेको आरोप लगाए। यसैगरि सुनिल सरोगी कलकत्ताको एक व्यापारी रहेको अनि उनी व्यापारी भएकै कारण सिक्किम सरकारसित काम गर्न राजी भएको तथा व्यापारीले फाइदा बिना कुनै काम नगर्ने स्पष्ट हुँदा हुँदै पनि एसकेएम सरकारले उनीहरूको नियुक्ति तुरन्तै खारेज गर्नुपर्ने माग गरेका छन्। अर्कोतिर उनले हाले केन्द्रिय वित्त मन्त्री निर्मला सितारमणले राखेको राष्ट्रिय बजेटमा पाँच वर्षको निम्ति स्टार्ट अप परियोजनामा युवा उद्यमीहरूलाई करमुक्त राख्ने घोषणा गरेको तर त्यसबारे कुनै मन्तव्य नगरेको तथा मुख्यमन्त्रीले अध्ययन समेत नगरेको र युवाहरूको निम्ति के गर्ने भन्ने बोल्न नसकेको बताए। यसैगरि उक्त बजेट सम्बोधनमा केन्द्रिय वित्त मन्त्रीले सिक्किमले पुराना कानुन 371 एफ को आधारमा पाएको केन्द्रिय आयकर छुट पनि केही समयपछि समाप्त गर्ने आशयको सम्बोधन गरेको तर त्यसबारे मेहन्द्र पी लामा जस्ता विद्वानलाई वित्तिय सल्लाहकार राखेर पनि एसकेएम सरकारले केही थाहा नपाउनु र कुनै प्रतिक्रिया नजनाउनु सिक्किम र सिक्किमेको निम्ति घातक रहेको संयोजक शेर्पाले आरोप लगाए। उनले भने आय कर जस्तो छुट खत्तम हुँदैछ भने पनि सिक्किम सरकार बोल्न सक्दैन सिक्किममा मोज मस्ती गर्न मन्त्री र मुख्यमन्त्री भएको तर सिक्किमको अधिकारको सुरक्षा गर्न जिम्मेवारी भने महेन्द्र पी लामा र सुनिल सरोगीलाई सुम्पिएको छ।
उनले भने सिक्किममा एसकेएमले सीबीआई होइन सीबीआईको रिटायर्ड अफिसर ल्याउने भन्दैछ तर सिक्किमको सतर्कता विभाग सक्षम छ तर अहिलेको सरकारले यो विभागलाई पूर्ण रूपमा अन्देखा गर्दै आफ्नो सरकारको विभागको अधिकारीहरूलाई नकरात्मक रूपमा हेर्दैछ र ठूलो ठूलो पदमा सिधा नियुक्त हुने सर्विस रूलमा छैन जुन रूल 4(4) को पूर्ण उलंघन गर्दै ढाट्ने छोप्ने काम गरेको छ।
अर्कोतिर साकाको प्रतिनिधि नविन किरणले वर्तमान सरकार मोज मस्तीमा मात्रै लागी परेको तर कुनै कार्य गर्न असक्षम रहेको बताए। उनले भने एसकेएमको 2019 सालको चुनावी घोषणा पत्रमा सीएए लागु गरेको खण्डमा सिक्किम बर्बाद हुनेछ भनेर लेखिएको छ तर हिज मुख्यमन्त्रीले सीएएले कुनै असर नगरे भन्ने मन्तव्य व्यक्त गर्दैछ। उनले अझ भने हामीलाई दिल्ली पुलिस स्टाबिलिस्टमेन्ट एक्ट 1946 लागु गरेर सीबीआई चाहिएको हो सीबीआईको रिटायर्ड अफिसर होइन। उनले एक पन्ना चिठ्ठी लेखेर सिक्किममा सीबीआई बोलाउनु सक्ने प्रावधान रहेको हुनाले त्यो कार्य गर्नुपर्ने माग राखे। उनले मुख्यमन्त्रीले अवकाश प्राप्त गर्ने अधिकारीहरूको सेवाकाल एक्सटेण्ड नगरेको तर रि एपोइमेन्ट गरेको भन्ने स्पष्टिकरण दिएकोमा बोल्दै भने, एसकेएम सरकारले रि एपोइमेन्ट होस की एक्सटेण्ड गरोस तर बेरोजगारहरूको निम्ति ठाउँ ओगट्ने र चौकी ओगट्ने काम गरिरहेको र सरकार आउन साथै दुइजनालाई एक्स्टेण्ड गरेको छ भने रि इम्प्लोइमेन्ट गरिरहेको छ।
अर्कोतिर एससीएएका प्रतिनिधि याहाङ चोङले एसकेएम सरकारले सत्तामा आएपछि 32 वटै आसनबाट लिम्बू तामाङको आसन दिने घोषणा गरेर अहिलेसम्म कुनै पहल नगरि केवल लिम्बू-तामाङको आसन दिनेछौं पहल गर्दैछौं भन्ने भन्नुले मात्र पर्याप्त नहुने बताए। उनले यसबारेमा प्रतिक्रिया गर्दै एलटीको आसन त्यस्तो सजिलो नहुने तर त्यसको निम्ति सर्वदलीय सहमती र प्रतिनिधि लिएर दिल्लीमा पुगेर काम गर्नुपर्ने तर त्यो सब केही नगरे झुटो आश्वासनमात्र दिने काम गरेको बताए।
यसैगरि प्रतिनिधि सोनाम शेर्पाले एसकेएमको स्थापना दिवसमा कुनै प्रकारको युवा मुखी घोषणा र योजना बताउनुको साटो पहिलाको सरकारमा जस्तै युवाहरूलाई झण्डा बोक्नु र एक थाल भातमा कार्यकर्ता गर्नुमात्रै रहेको अनि त्यस्तै कार्य गरिरहेको दाबी गरे। एसकेएम सरकारले कुनै युवामुखी कार्य गर्न नसकेको बताए।
यसैगरि एसएसीएए अर्का प्रतिनिधि भरत बस्नेतले एसकेएम र भाजपा मिलेर सरकारमा पुगेको हुनाले सिक्किममा भइरहेको गलत कार्यहरू दुवैले जिम्मेवारी लिनुपर्छ। यसैगरि भाजपाको विधायक सोनाम भेञ्चुङपा कसको हो भाजपाको हो कि एसकेएमको स्पष्टिकरण दिनुपर्छ। अहिले ओएसडी नियुक्ति गर्नु भनेको सिक्किम सरकारको रेसिडेन्स कमिशनरको काम के रह्यो भन्दै सिक्किमे जनतालाई सीबीआई चाहिएको सीबीआईको रिटायर्ड अफिसर होइन भनि दाबी गरे। उनले सिक्किमको पुरानो कानुन मारेर नाटक गर्नुछैन सीबीआई ल्याउन मतदान दिएको हो। उनले डेपुटेशनमा सीबीआईको अधिकार माग्न सक्ने तर त्यो कार्य नगरेर सिक्किमको पुरानो कानुन मास्ने काम गरिरहेको आरोप लगाए। तर जनतालाई परिवर्तनको नाममा आठौं स्थापना दिवसमा यस्तो ढाँट देख्नु दर्दनाक घटना हो। मुख्यमन्त्रीले आफू पछिल्लो सरकारमा पन्ध्र वर्षसम्म मन्त्रीमा बस्दा भ्रष्ट्राचार गरेको कारण सीबाआई ल्याउन नसकेको हो भन्दै मुख्यमन्त्री पीएस गोलेसितै शपथ ग्रहण गर्ने आन्द्रप्रदेशको जगनमोहन रेड्डीले मुख्यमन्त्री बनेको भोलिपल्टै सीबीआई लगाएर जाँच गराएको तर एसकेएम सरकारले नगरेको बताए। उनले गल्तीलाई गल्ती भनिरहने कसैले रोक्न नसक्ने बताए।