गान्तोक, 21 मार्च। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राजभवनमा राज्यपाल गङ्गा प्रसादसित भेट गरेका छन्। आगामी 23 मार्चदेखि शुरु हुने राज्य विधानसभामा हुने बजेट सत्रलाई सम्बोधनको निम्ति निमन्त्रणा दिन मुख्यमन्त्री राजभवन पुगेका थिए। मुख्यमन्त्री गोलेले आफ्नो आधिकारी समाजिक सञ्जालमा उक्त विषयको जानकारी दिएका छन्। उनले भनेका छन्, राज्यपालले निम्तो स्वीकार गरेका छन् अनि बजेट सत्रलाई सम्बोधन गर्नेछन्। आगामी 23 मार्चदेखि 26 मार्चसम्म सिक्किम विधानसभामा बजेट सत्र हुने भएको छ।