Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

मुख्यमन्त्री तामाङले राज्यपाललाई कोरोनापछिको आर्थिक स्थिति सुधार बारे सरकारको योजनाको दिए जानकारी


गान्तोक, 9 मई। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार राजभवनमा राज्यपाल गङ्गा प्रसादसित भेटघाट गरे। यसको जानकारी मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्। उनले राज्यपाल सितको भेटघाटमा आफूसित अघिल्लो पङ्तिका कोरोना योद्धा सिक्किमे जनता, कोविड-19 जाँच प्रयोगशाला र कोरेण्टिन केन्द्रहरूको बारेमा राज्यपालले जानकारी लिएको बताए। यसका साथै राज्यपालले सिक्किम बाहिर अड्किएका विभिन्न राज्यबाट घर आउन चाहने सिक्किमे जनताको स्थिति बारे जानकारी लिनका साथै स्थितिलाई समाधान गर्न आफूलाई सुझाउ समेत दिएको बताएका छन्।
मुख्यरूपमा उनले राज्य बाहिर अन्य राज्यहरूमा सिक्किमेहरूले भोग्नुपरिरहेको समस्याहरू बारे राज्यपालले चासो राखेको बताएका छन्। मुख्यमन्त्रीले राज्यपालको सबै जिज्ञासालाई सम्बोधन गर्दै राज्य सरकारले वर्तमान स्थितिलाई रोकथामको निम्ति अवलम्बन गरिरहेको सरकारी र प्रशासनिक विभिन्न पहलहरू बारे अवगत गराए। यसका साथै मुख्यमन्त्रीले तालाबन्दीको अवधिमा यसलाई सफलतापूर्वक पालन गराउनको निम्ति उनले निरन्तररूपमा दिइरहेको सुझाउ र दिशा निर्देशको निम्ति आभार प्रकट गरेको पनि बताएका छन्।

उनले घर फर्कि आउनेहरूको बारे पनि राज्यपाललाई जानकारी गराएको बताएका छन्। कोविड-19को महामारीपछि राज्यमा आइपर्ने आर्थिक महामारीको समस्यासित जुझ्नको निम्ति राज्य सरकारले बनाइरहेको योजना र नीतिहरू बारे पनि राज्यपाललाई जानकारी गराएको अनि हिजोमात्र बसेको मन्त्रीपरिषदको वैठकले लिएको विभिन्न निर्णय अनि विभिन्न क्षेत्रहरूमा आर्थिक बोझ कम गर्ने नीति अवलम्बन गरेको बारे पनि बताएको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। यसैगरी हालै राज्यपालले सिक्किमे जनताक पक्षमा उनीहरूको हितमा राज्यको विभिन्न क्षेत्रहरूमा भ्रमण गरिदिएकोमा जनताको पक्षबाट आभार प्रकटपनि गरेको कुरा जनाएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!