Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुख्यमन्त्री पीएस गोलेले गरे ‘हाम्रो संस्कृति हाम्रो गौरव’ ऐतिहासिक जोरथाङ माघे मेलाको उत्घाटन


गान्तोक, 15 जनवरी । दक्षिण सिक्किमको जोरथाङमा ऐतिहासिक माघे मेला आजदेखि आरम्भ भएको छ। आउँदो 19 जनवरीसम्म चल्ने यस मेलाको उत्घाटन मुख्यमन्त्री पीएस गोलेले गरे। ‘हाम्रो संस्कृति हाम्रो गौरव’ नाराको साथमा आयोजन गरिएको यो माघे मेलामा रङ्गारङ साँस्कृतिक सिक्किमे रैथाने संस्कृति र झाँकी तथा कार्यक्रमहरू मुख्य आकर्षणको केन्द्र रहेको छ। शुरुमा मुख्यमन्त्री गोलेले माघे संक्रान्तिको अवसरमा स्थानीय त्रिकालेश्वर मन्दिरमा आयोजना गरिएको विशेष पूजामा सहभागिता जनाएपछि विभिन्न स्वंय सहायता समुह तथा सरकारी विभागहरूले लगाएका स्टलहरू साथै सारस मेलाको परिभ्रमण गरे। यसै अवसरमा उनले सारस मेलाको पनि विधिवत उद्घाटन गरे। त्यसपछि उनले विभिन्न रङ्गा रङ्ग सांस्कृतिक कार्यक्रमको आनन्द लिए।

पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सम्पूर्ण राज्यवासीलाई माघे संक्रान्तिको शुभकामना व्यक्त गरे। हिन्दु धर्मावलम्वीहरूले माघ महिनाको आरम्भमा तरुल खाएर पालन गर्ने यस माघे संक्रान्ति पर्वको बारेमा विस्तृत रुपमा जानकारी गराउँदै जोरथाङको ऐतिहासिक माघे मेलाको इतिहास र महत्वमाथि पनि उनले प्रकाश पारे।

सरकारले यस वर्षको जोरथाङ माघे मेलालाई खेलकुदसित पनि जोड़ने उद्देश्यले जोरथाङमा नै नवौं अल इण्डिया चिफ मिनिस्टर्स इन्टरनेशलन गोल्ड कप फुटबल टुर्नामेन्ट साथै अन्तर समष्टि फुटब टुर्नामेन्ट आयोजना गरेको उनले बताए। यसरी नै आज माघे मेलाको पहिलो दिन मुख्यमन्त्री एकादश र मुख सचिव एकादश बीच प्रदर्शनी फुटबल म्याच पनि आयोजना गरिएको थियो। खेलकुदकै सन्दर्भमा बोल्दै सिक्किम राज्यमा धेरै प्रतिभा र सम्भावाहरू रहेको मुख्यमन्त्रीले बताए। यसको साथै नयाँ सरकारले ती खेल प्रतिभाहरूलाई प्रोत्सहान दिन तथा मञ्च प्रदान गर्ने धेरै योजनाहरू तयार गरेको पनि मुख्यमन्त्रीले बताए।

दक्षिण र पश्चिम जिल्लाको निम्ति प्रमुख बजार जोरथाङलाई भोलीको दिनमा प्रमुख पर्यटन गन्तव्य बनाउन सकिने आज मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनमा बताए। यसको निम्ति उनले सम्बन्धित विभिन्न विभागका अधिकारीहरूलाई स्थानीयहरूसितको सहकार्यमा आवश्यक योजनाहरू बनाउने निर्देश पनि दिएका छन्। यसै सन्दर्भमा बोल्दै उनले यस क्षेत्रमा अस्पताल, महाविद्यालय, नेपाली संस्कृति भवन जस्ता पूर्वाधारहरू निर्माण गर्न सकिने उनले बताए। सरकारले आगामी वित्तीय वर्षमा यस बारेमा गम्भीरतासित पहल गर्ने मुख्यमन्त्रीरो भनाइ रहेको छ।

Insert your Ads code here

यसरी नै जोरथाङ माघे मेलाका मुख्य संरक्षक तथा क्षेत्र विधायक श्रीमती सुनिता गजमेरले कार्यक्रमलाई सम्बोधन गर्दै यस वर्षको माघे मेलाका मुख्य आकर्षकहरूमाथि प्रकाश पारे। यस वर्ष जोरथाङ माघे मेलालाई पहिलेको भन्दा पनि भव्यर र आकर्षक बनाउने प्रयास गरिएको उनले बताइन्।

यसै अवसरमा मुख्यमन्त्री पीएस गोलेले प्रधानमन्त्री जन आरोज्ञ योजना (पीएमजेएवाइ) का पाँचजना लाभार्थीलाई ‘गोल्डन कार्ड’ पनि प्रदान गरे। आजको कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती सारदा गोले, लोकसभा सांसद इन्द्र हाङ सुब्बा, विभिन्न विभागका मन्त्री, विधायकगण साथै अन्य अतिथिहरूको पनि विशेष उपस्थिति रहेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!