Loading... आजः शनिबार , माघ ५, २०८१

मुख्य सचिवले आगामी दिनमा हुने परिक्षाहरुको तयारी बारे लिए जानकारी


गान्तोक, 07 जून। सिक्किमका मुख्य सचिव एससी गुप्ताको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा स्टेट टास्क फोर्सको एक बैठक आयोजन गरियो। बैठकमा चारै जिल्लाका जिल्लापाल, पुलिस अधीक्षक र मुख्य चिकित्सा अधीक्षक भिडियो कन्फ्रेन्समार्फत सहभागी बनेका थिए। बैठकमा राज्य बाहिरबाट फर्किने सिक्किमेहरूको निकासी, अनिवार्य कोविड जॉंच आदि विषय विस्तारपूर्वक छलफल गरियो। बैठकमा कोविड पोजिटिभहरूको सम्पर्कमा आउनेहरू र अन्य फर्किनेहरूको जॉंचबारे पनि चर्चा गरिएको विज्ञप्तिमा बताइएको छ।

मुख्य सचिवले आगामी 1 जुलाईदेखि आयोजन हुने कक्षा 10 अनि 12 को बोर्ड परीक्षा र चॉंड़ै आयोजन हुने अखिल भारतीय चिकित्सा विज्ञान संस्थानको प्रवेश परीक्षालाई लिएर चलिरहेको तयारबारे जानकारी लिए। उनले बोर्ड परीक्षाहरूलाई ध्यानमा राख्दै आगामी 25 जून अगावै सबै उच्चतर माध्यमिक विद्यालयहरू शिक्षा विभागलाई हस्तान्तरण गर्न निर्देश दिए, जहॉं अहिले एकान्तवास केन्द्र चलिरहेको छ।

मुख्य सचिवले सबैको सुझाउ लिॅंदै कोरोना भाइरसको प्रसार रोकथाम गर्न विशेष ध्यान दिनुपर्ने बताए। यसैगरी उनले निशुल्क र पेड एकान्तवास केन्द्रहरूको स्थितिबारे पनि जानकारी लिए। मुख्य सचिवले भावी कार्यहरूबारे पनि अधिकारीहरूसित चर्चा गरे।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!