Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

गेरुवाका स्काभेटर चालकको मृत्यु


ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुलमा बा.२ क ८६५१ नम्बरको स्काभेटर पुरिँदा चालक बर्दियाकाे गेरुवा गाउँपालिका-४ गाेला बस्ने ३८ वर्षीय मंगल चौधरीको आइतबार बिहान मृत्यु भएको हाे ।

पुलको लागि पहाड काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर चालक सहित स्काभेटर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले चालक चौधरीलाई गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

स्काभेटर पूर्णरूपमा क्षति भएको र सोही स्थानमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख १५११ नम्बरको ट्रकमा समेत सामान्य क्षति भएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!