Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुलुकको भौगोलिक अखण्डताका लागि सबै राजनीतिक दलहरू एकतावद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ


प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सासम्बन्धी संविधान संशोधनका विषयमा संघीय संसद् प्रतिनिधिसभामा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखा परेको बताउनुभएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उहाँले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर संसद्ले नेपाली राजनीतिक दलहरू जनताको भावनाअनुसार चलेको प्रष्ट भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजो संसदमा साधारण राष्ट्रिय एकता देखियो, जो अत्यावश्यक छ। आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न राष्ट्रियताको सवालमा कोरोनाको सवालमा र यसले उत्पन्न गरेका विभिन्न जटिलता र अप्ठेराहरूको समाना गर्न तयार छौं भन्ने देखिएको छ।’

भौगोलिक अखण्डता कायम गर्नका लागि सबै राजनीतिक दल जनताको भावनाअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ थियो। कान्तिपुर अनलाइनका अनुसार संसदीय प्रणाली र बहुदलीय व्यवस्थामा राष्ट्रिय एकता विरलै देखा पर्ने भए पनि नेपालका राजनीतिक दलहरूले भने पटकपटक यसरी राष्ट्रिय एकताको प्रदर्शन गरेका देखाएको प्रधानमन्त्रीले दाबी गर्नुभयो। ‘हाम्रो संसद् यस मामिलामा अत्यन्तै गम्भीर छ। परेका बेला राष्ट्रिय समस्याहरूसँग जुध्न, राष्ट्रका सामू साझा चुनौतीको सामना गर्न जिम्मेवार छ र एकताबद्ध ढंगले बढ्न तयार छ। एकता भएर अगाडि बढ्न सक्षम छ भन्ने कुरा यस घटनाले देखाएको छ,’ ओलीले भन्नुभयो।

नेपालको राष्ट्रियताको बारेमा संसद्बाहिर पनि एकता देखा परेको प्रधानमन्त्रीको भनाइ छ। बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक जीवनका सबै क्षेत्र र संघसंस्थाहरूमा पनि राष्ट्रिय एकता देखा परेको उहाँको भनाइ थियो ।

Insert your Ads code here

संविधान संशोधनका विषयमा देखा परेका असहमतिले पनि राष्ट्रियताको विषयमा ल्याइएको प्रस्ताव अगाडि बढाएको प्रधानमन्त्रीले बताउनुभयो।

संविधान संशोधन र राष्ट्रियताको बारेमा भएको कामको जस कसले लिने भन्नेमा कुनै विवाद नभएको भनाइ प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नेपालले नक्सा जारी गरेको थियो । उक्त नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिमार्जन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो । उक्त विधेयकमा सबै दलहरूले सहमति जनाएका छन् ।

मंगलबारको बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसदहरूले कुनै व्यक्तिको देवत्वकरण नगर्न सत्तारुढ दलका नेताहरूलाई सुझाव दिएका थिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!