राजापुर बर्दिया मिर्मिरे लघुबित्त बित्तीय सस्था लि. शाखा कार्यालय बदालपुरले मृतक जयराम थारुका परिवारलाइ विमा वाफतको रकम प्रदान गरेको छ ।
मिर्मिरे लघुबित्त बित्तीय सस्था लि. शाखा कार्यालय बदालपुर अन्तर्गत केन्द्र न. ९ का सदस्य राजापुर न पा ५ बसन्ताका जयराम थारुको असामयीक निधन भएपछि मृतकले ऋण निकाल्दा गरेको विमा वाफत को रकम मृतक जयराम थारुको पत्नी जुनु थारु ज्यु लाई राहत स्वरुप रु ७२,०००/– नगत रकम शाखाका प्रमुख राम कुमार चौधरीले प्रदान गर्नु भएको हो । मृतक जयराम थारुले चैत्र महिनामा लिएको ३लाख रुपैया ऋण मध्ये ऋण लिदा गरीएको विमा वाफल १२४ प्रतिशतमा १०० प्रतिशत ऋण वाफतको रकम कटाई मृतक श्रीमतीलाई २४ प्रतिशत वाफत७२ हजार रकम प्रदान गरिएको छ । मिर्मिरे लघुबित्त बित्तीय सस्था लि.ले ऋण लिदा ०.५५ प्रतिशत रकम वाफतको विमा गर्ने गरेको सो अनुसार असामणीय निधन भएमा १२४ प्रतिशत र दुघटना भएमा २२४ प्रतिशत रकम मा ऋण वाफतको भुक्तानी कटाई बाकी रकम प्रदान गर्ने गरेको सस्थाका सहायक राम हरी चौलागाईले बताउनु भएको छ ।