बर्दिया गेरुवा साउन १७
गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, ८ वर्षिय दिलमाया विकको पुन्य तिथीमा नेपाल राष्ट्रिय गणेश माध्यमिक बिद्यालय गेरुवा ६ मनाउ प्रसेनीपुरले खाद्यय सामाग्री सहयोग गरेको छ ।
बिद्यालय परिवारको तर्फबाट मृतक को आज १० दिनको पु¥य तिथीमा प्रसादका लागि आवश्यक पर्ने सुजी चिनी र तेलहरु सहयोग परेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ । अति विपन्न परिवारका सजिप विक र दिलमाया विक एकै घरका दाजु बहिनी रहेका र विद्यालयमा अध्ययनरथ रहेकोले बिद्यालय परिवारका तर्फबाट सानो सहयोग गरेको बताउनु भयो । साउन ८ गते सुक्रबार कर्णालीनदीमा नुहाउन गएका समयमा बेपत्ता भएका मृतकहरुको आज उनका परिवाहरुले १० औ दिनका काजक्रिया गरेका छन् ।