बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष स्व.सुर्य बहादुर थारु (कमल) को परिवारले आर्थिक सहयोग पाएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ३ स्थीत भैसाखानि निवासी निर्वाचित वडा अध्यक्ष थारुको परिवारलाई लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तिलकराम शर्मा हिमाल र बारबर्दिया नरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारुले ज्यान गुमाएका परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।
मृतक वडा अध्यक्ष कै निवासमा बारबर्दिया नगरपालिकाद्वारा आयोजित श्रद्धान्जली सभामा मृतक थारुकी आमा गजपति थरुनिलाई १० लाख रकमको चेक हस्तान्तर गरिएको हो ।तत्कालिन शसस्त्र विद्रोहका समय कमान्डरको जिम्मेवारी निर्वाह गरेका थारु गएको स्थानिय निर्वाचनमा तत्कालिन माओबादीको तर्फ वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।वडा अध्यक्ष कमल थारुको असोज ७ गते कोरोना भाईरस कोभिड १९ का कारण भेरी अस्पताल नेपालगन्ज बाँकेमा ज्यान गएको थियो ।