Loading... आजः बुधबार , चैत्र १२, २०८१

मेरो गाउँको दशै


                                                                                                                                                                                                          गान्दीप लाल कायस्थ
सुनसान हुने मेरो गाउ चहल पहल बढेको छ । धेरै समय देखी विछोडिएका साथी भाई नाता गोताहरु संग भेट हुने अवसर जुरेको छ । मान्छे गाउँलाई बुझने दृष्टिकोण फरक भएपनि दशै दिपावलीमा गाउ बुझने भएका छन् । बाल्यकालको सम्झना ताजा गराउने मेरो प्यारो गाँउ कोभिड पछि फेरी चहल पहल भएको छ । गाँउ सुन्दर छ, हरियाली पाखा नदी नालाले सजिएको हुँदा त्यसैले त म भन्ने गछु मेरो गाँउ प्यारो छ । सानो छदा औला भाची गाएको दशै आया,े खान पिउला, चोरी ल्याउला, हतेरीका पापी मत छुट्टै बसुला भन्ने शब्द आज पनि ताजा झै लाग्छ । मान्छेले गाउलाई नबुझको होकी गाउले मान्छेलाई म भन्न सक्दैन, जब मान्छेलाई आपत आउँछ, विपत पर्छ र चाडपर्वहरु आउछ तब मात्र गाउँको याद आउदो रहेछ । म त गाँउले हु शहर बस्न मनै छैन , त्यसै त, मलाई सबैले गाउले भन्छन् , म खुसी छु किन भने एक दिन फर्कि आउने ठाँउ गाँउनै भएको ले , शहरको धुवा भन्दा मेरो गाँउको धुवा नै स्वच्छ छ मेरो खोलानाला , कलको पानी नै मिठो छ ।
आज धेरै समय पछि दशैको वाहनामा सानो छदाको मित्र भेट भयो, उ त विदेशी भइसकेको रहेछ,विदेशको पिआर पाएको मेरो मित्रको विदेशको कुरा सुनेर मत दङ्ग भए उ धेरै परिर्वतन भएसकेको रहेछ, उ डलरको कुरा गदैथ्यो डलरमा सबै कुरा किन्ने सपना देखेको मेरो मित्रलाई विडम्पना भनौ उसलाई गाँउले कसैले पनि चिन्दैन्थ्यो उसल अज पनि विदेशमा जति कमाएपनि आफु जन्मेको ठाँउउसले भूलेको छैन रहेछ सानो छदा वाल्यकालका कुरा गदै बिगतका सम्झनालाई ताजा बनाउने प्रयास हामी गदैथ्यौ, सबैले मलाई नमस्कार गदै सम्मान व्यक्त गरी रहेदा उसलाई चिन्ने कोही थिएन उसले आफुलाई चिनाउन आफ्नो परिवारको परिचय दिनु परिरहेको थियो । तर मलाई मेरो आफ्नै परिचय नै काफि थियो ।
आज गाउघरमा दशैको चहल पहलले गाँउका बजारहरु भिडभाड बढेको समयमा म मेरो काम प्रति उच्च सम्मान गदै आफ्नो जिम्मेवारीलाई बहन गर्नेप्रयास गदैछु । दशैको मजा नै फरक छ । हिजोका दिनमा लडिया, लहडू चडेर दशैको समान किन्न हिडेको पल, रातभरी आमाले चिउरा कुटेको, बुवाले दशैका लागि गन्नाउने बोका आज सबै हराएको छ, मेरागाँउमा । सानो छर्दा बुवाले किनिदिने कपडा आज मेरो शरीरमाहराएको छ , पिङ्ग हराएको छ मेरो गाँउमा, मेरो संस्कृतीहरु हराउदै गएको छ मेरो गाँउमा, जे हराएपनि तर आज पनि मेरो गाँउनै प्यारो छ , आज दिन भरी फेसबुकमा हेरीरहे धेरै साथीहरु गाँउ फकिएर टिकालगाएको र परिवार संगकोभेटमा रमाईलो गदै फोटो राखेको भेटाए, दशै दश होइन दशै मित्र मिलन र परिवार भेटको पल हो दशैको रमाईलो शहर भन्दा गाँउमै छ रमाईलो
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!