मेलमिलापका कारण समुदायमा आई परेका समस्या समाधान गर्न सहज भएको राजापुर नगर पालिका प्रमुख दिपेश थारु ले बताउनु भएको छ !
Insert your Ads code here
बिहीवार राजापुरमा आयोजित ३ दिने मेलमिलाप सम्बन्धि पुर्नताजगी तालिम लाई उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो !
तालिमका प्रमुख अतिथी राजापुर नगर पालिका प्रमुख दिपेश थारुले हिजो गर्दै आई रहेका अम्यास र अहीले को नियम अनुसार त्यसलाई मिलाएर काम गर्न र गरेका कामहरु लाई पुर्नताजगी गरी अझ प्रभावकारी ढंगले काम गर्न सहज होस भन्न का लागी तालिम प्रदान गरेको बताउदै राजापुर नगर पालिका मा वडघर प्रथाले समुदायमा आई परेका समस्या समाधान गर्न सहज भएको बताउनु भयो !
राजापुर नगरपालिका उप प्रमुख तथा न्यायिक समिती संयोजक मन कला कुमारी चौधरी को सभापतित्व मा आज बाट सुरु भएका तालिम मा सहजीकरण तथा प्रशिक्षण उमानाथ ज्ञवालीले गर्नु भएको छ भने कार्यक्रम संचालन राजापुर नगर पालिका का प्रशासन शाखा प्रमुख आनन्द जैसीले गर्नु भएको छ !
तालिम मा राजापुर नगर पालिका १ देखी १० वडा का वडाध्यक्ष मेलमिलाप कर्ता मनो विर्मश कर्ता , न्याय समिती सहजकर्ता राम ब थारु लगायत को सहभागीता रहेको छ !
तालिम को आयोजना राजापुर नगरपालिका न्यायिक समिती राजापुर बर्दियाले गरेको हो !