Loading... आजः शनिबार , श्रावण १२, २०८१

मोदीको सम्बोधन चिनियाँ दूतावासका प्रवक्ताकाे एउटा ट्वीटले खारेज


चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे। उनले चिनियाँ सैनिकसँगको भिडन्तमा घाइते भएका सैनिकलाई भेटे। सैनिकहरुलाई सम्बोधन गरे।

चीनसँगको भिडन्तमा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै मोदीले सैनिकको हौसला बढाउने प्रयास गरे। मोदीले सम्बोधनको क्रममा चीनको नाम लिएनन्, तर उनले बिस्तारवादको युग समाप्त भएको बताए।

मोदीको टिप्पणीप्रति चीनले आफ्नो प्रतिक्रिया दिएको छ। दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले ट्वीट गरेर मोदीको टिप्पणी खारेज गरेका छन्।

Insert your Ads code here

उनले लेखेका छन्, ‘चीनका १४ छिमेकी मध्ये १२ देशसँग शान्तिपूर्ण वार्ताको आधारमा सीमा निर्धारण भएको छ, यसले स्थल सीमालाई मित्रवत सहयोगको बन्धनमा बाँधेको छ। छिमेकीसँग चीनको मतभेदलाई बढाई–चढाई गरी, कपोलकल्पित रुपमा प्रस्तुत गर्नु र त्यसलाई बिस्तारवादको रुपमा देखाइनु आधारहीन छ।’

चीनसँगको सीमा विवादमा कडा रुपमा प्रस्तुत नभएको भन्दै आलोचनाको केन्द्रमा आएका मोदी शुक्रबार अप्रत्याशित रुपमा लेह गएर सेनालाई सम्बोधन गरी राष्ट्रियताको मुद्दामा आफू अडिग रहेको देखाउन खोजेका हुन्। तर त्यहाँ उनले गरेको सम्बोधनले शान्तिपूर्ण रुपमा वर्तमान समस्या समाधानको प्रयासमा भने केही असर गर्ने देखिएको विश्लेषण छ।

गएको जुन १५ को राति चीनसँगको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो। सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो। अरु ७० भन्दा बढी भारतीय सैनिक घा’इते भएका थिए।

चीन तर्फ पनि हताहती भएको दाबी गरिए पनि अहिलेसम्म त्यसको कुनै आधिकारिक जानकारी आएको छैन र चीनले पनि यसबारे केही बताएको छैन।

सो भिडन्तपछि भारत र चीनबिच समस्या समाधानका लागि सैन्य तथा कूटनीतिक तहमा वार्ताहरु भएका छन्। दुवै पक्ष शान्तिपूर्ण रुपमा समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए पनि आरोप–प्रत्या’रोपको क्रम भने रोकिएको छैन, हिमाली पत्रिकाले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!