Loading... आजः शनिबार , श्रावण १२, २०८१

मौकाको फायदा उठाउने दोकानेमाथि सख्त कार्वाही गरिनेछ- मेयर चौधरी


गान्तोक, 12 अप्रेल। गान्तोक महानगरपालिका मेयर शक्तिसिंह चौधरीले लकडाउनको समयमा खाद्य सामाग्रीको दाम बडाउनेहरूमाथि कार्वाही गर्ने जानकारी दिएका छन्। राजधानी परिसरका विभिन्न दोकानका दोकानेहरूले बन्दको मौका पाएर खाद्य सामाग्रीहरूको दाम बडाएको आरोप लगाएपछि जीएमसी अनि सम्बन्धित विभागका अधिकारीहरूले आरोपको जाँचको निम्ति कुनै मानिसलाई उपभोक्ता बनाएर पठाउने गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई आएका जानकारीहरूको जाँच गर्न अहिलेपनि सम्बन्धित निकायकमा मानिसहरू फिल्डमा रहेको उनले जानकारी दिए। यसरी नै अहिले ट्रेड लाइसिन्स नविकरण गर्नको निम्ति अनलाइन काम चलिरहेको बताउँदै आपतकालिन समयमा नयाँ लाइसिन्स पनि अनलाइन आवेदन गर्न सकिने जानकारी दिए। मेयर चौधरीले लाइसिन्स नविकरणको निम्ति सुर्ताउनु नपर्ने बताएका छन्। जीएमसी कार्यालय सधैं खुल्ला रहेको जानकारी दिए। उनले जनतालाई नडराउने अनि खाद्या सामाग्रीको निम्ति नसुर्ताउने अपील गरेका छन्। उनले ट्रेड लाइसिन्सको नविकरणको निम्ति 30 मईसम्मको निम्ति समय दिएको जानकारी दिए। उनले यदी कुनै दोकानेले मौका हेरेर फाइदा उठाउने काम गरे जीएमसीले कार्वाही गर्ने र जुन दोकानेले धेर पैसा बसुली गर्छ उसको डिटेल्स मेयर तथा जीएमसी अधिकारीहरूलाई पठाउने अपील गरे। उनले यस्तो समयमा मानिसहरूलाई फायदाको निम्ति होइन च्यारेटीको निम्ति अघि आएर सहयोग पुऱ्याउने अपील पनि गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!