Loading... आजः शनिबार , श्रावण १२, २०८१

म कहिल्यै पनि पार्टी फुटाउने छैन: नेता कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने ‘कसम’ खाएका छन्। राप्रपाका दुई घटकबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो। ‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भागवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

थापाले अब कहिल्यै पार्टी नफुटाउने प्रतिवद्धता जनाउँदा हलमा गडगडाहट ताली बजेको थियो। गीताको पुस्तक समाएका थापाले अर्का दुई अध्यक्ष पशुपति शम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनीलाई समेत चाहिन्छ भन्दै त्यही छोडेका छन्।

Insert your Ads code here

अहिले सभालाई अर्का अध्यक्ष पशुपति शम्शेर जबरा, र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरिरहेका छन्। दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो।

कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो। पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको छ।

पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताको आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको थियो।

एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ।

राजसंस्थाको छायामा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए। स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भयो। तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!