बर्दिया राजापुर
जेष्ठ २६
राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजुर्न सुवेदीले आफु कुनै पाटीमा आवद्ध नभएको जानकारी दिनु भएको छ ।
वहाँले कुनै दलमा आफु नरहेको जानकारी गराउदै म बिचारका हिसाबले प्रगतिशील बिचार राख्ने ब्यक्ति हु । नेकपा हुनु अगाडिको माओबादी केन्द्रमा आबद्ध थिए । जब नेकपा बन्यो शिक्षक कर्मचारी पार्टीमा रहने नीति अनुसार नै म कुनै जिम्मेवारीमा थिइन । मेरो पार्टी सदस्यतामा नाम पनि थिएन । पछि नेकपा फुटे पछि बनेको नेकपा माओबादी केन्द्रको पार्टी सदस्य मात्र रहने गरि मैले बढैयाताल गाउँ पालिका वार्डनं ८ बाट सदस्यता नवीकरण गरेको थिए । मैले सो पार्टी सदस्यताबाट पनि २०७९/१/ १० देखि नै परित्याग गरेको छु । म कुनै दल वा संगठनमा आबद्धता छैन बताउदै सामाजिक संन्जालमा आए जस्तो कुनै प्रदेशको बिभागिय समितिमा पनि छैन । म आफ्नो पेशामा रहुन्जेल कुनै दलमा आबद्धता पनि हुने छैन , बताउनु भएको छ ।
वहाले २०७९ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र बढैयाताल गाउ कमिटीमा पठाएको राजीनामा पत्र सहित देखाउदै आफ्नो पेशामा रहुन्जेल कुनै दलमा आबद्धता नहुने बताउनु भएको छ ।