रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक भएको छ। कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रेणु पुनसँगै अन्य कलाकार फिचर्ड छन्। करन चैसिरको छयाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ।
‘स्कूल जाँदा सँगसँगै जान्थ्यौ
नजिक आउँथ्यौ बोल्न चाहीँ लजाउँथ्यौ’…’
Insert your Ads code here
यो लोक दोहोरी जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। गीतमा स्कुलमा पढदा हुने माया प्रेमका कुरालाई व्यक्त गरिएको छ। आफ्नो मनको प्रस्तुति रहेको सार्वजनिक गीतको भिडियो अनिल केसीको निर्माणमा तयार भएको हो।