Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

यदी कोही मरेछ भने त्यसको जिम्मेवार सरकार हुनेछः पवन चामलिङ


सरकारले कोरोनाविरूद्ध कुनै चिकित्सकीय तयारी नगरेकोले जनताले आफै बाँच्नुपर्ने समय आएको छ यदी कोही मरेछ भने त्यसको जिम्मेवार सरकार हुनेछ।

गान्तोक, 24 मार्चः कोरोना भाइरसको महामारीलाई लिएर सिक्किमको एसकेएम सरकारले चिकित्सकीय रूपमा कुनै पनि तयारी नगरेको एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आरोप लगाएका छन्। मङ्गलावार एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम विदानसभाको बजेट सत्रमा यो महामारीबारे आफूले सरकारले सुझाउ दिन चहाँदा पनि दुई मिनटभन्दा बड़ी बोल्न नदिएको बताए। उनले भने, मैले कोरोना भाइरसको महामारीलाई लिएर सदन कुरा उठाउदा मलाई दुई मिनट भन्दा बड़ी बोल्न दिइएन। ट्रेजरी बेञ्चबाट मन्त्रीहरू सम्मले ममथि अपशब्द प्रयोग गरे। 36 वर्षको विधानसभाको अनुभवमा पहिलोपल्ट मैले यस्तो अवस्था विधानसभाभित्र यस्तो अप्रतन्त्रिक माहोल देखें। कोरोना भाइरसबाट कसरी जनताको सुरक्षा गर्ने त्यो विषयमा सरकार रत्तिभर चिन्तित छैन्। यस्तो महामारीलाई पनि एसकेएम सरकारले राजनीतिक दृष्टिकोणले हेर्दा सरकार जनताप्रति चिन्तिन छैन् भन्ने प्रामाणिक भयो।
एसडीएफ अध्यक्ष पवन चामलिङले सिक्किममा कोरोना भाइरको महामारी फैलिए त्यसको सम्पूर्ण जिम्मेवार एसकेएम सरकार हुनेछ भने। आफूलाई यो महा त्रसादीमाथी पनि सदनमा बोल्न नदिइएका कारण जनअदालतमा आफ्नो कुरा राख्न पत्रकार सम्मेलन आयोजन गरेको बताउँदै विधानसभाको बजेट सत्रमा पत्रकारलाई निशेध गरिनुले सिक्किममा लोकतन्त्रको हत्या भएको, धारा 19 को हत्या भएको अनि एसकेएम सरकारको सामन्ति छ भन्ने प्रष्ट भएको बताए। उनले अघि भने, कोरोना भाइरसका कारण जनता आफैं जोगिए मात्र ज्यान बाँच्ने अवस्था सिक्किममा आएको छ। सिक्किम सरकारले भारत सरकारले कोरोना भाइरसका लागि यत गरेको एउटै पनि मानदण्द पालन गरेको छैन्। सिक्किममा अहिलेसम्म गरिएका कार्यहरू प्रशासनिक तयार मात्र हुन् स्वास्थ्य क्षेत्रमा केही पनि तयार गरिएको छैन्। कोरोना योद्धाहरूलाई, 24 घण्ट खट्ने कर्मचारीहरूको सुरक्षासित खेलवाड़ गरिंदैछ। उनीहरूलाई अन्यय भएको छ। यस्ता कर्मचारीहरूलाई जीवन रक्षक उपकरणहरू प्रदान गरिएको छैन्। देशमा 111 वटा टेस्टिङ ल्याब स्थापना भइसके तर सिक्किम सरकारले यो विषयमा पहल नै गरेको छैन्। यस्तो महामारीमा भारत सरकारले सहयोग दिएर पनि ल्याब स्थापना गर्ने बारेेमा सिक्किम सरकारले अहिलेसम्म पहन नै गरेको छैन्।
एसडीएफ अध्यक्ष चामलिङले सिक्किमका जनताको ज्यानसँग एसकेएम सरकारले खेलवाड़ गरिरहेको आरोप लगाए। यो महामारीको अवस्थामा सिक्किमका कुनै पनि स्थानलाई डिसइन्फेक्ट गर्ने काम अहिलेसम्म सरकारले गरेको नगरेको पनि उनले आरोप लगाए।
अर्कोतर्फ पूर्व मुख्यमन्त्री पवन चामलिङले अन्य धेरै राज्यहरूले कोरोना भाइरसका लागि आर्थिक प्याकेजको घोषणा गरेर पनि सिक्किम सरकार भने यसमा गम्भिर नरहेको आरोप लगाए। बजेत्र सत्रमा पनि सरकारले यो विषयमा पहल नगरेको जानकारी दिँदै सिक्किम सरकारले कम्तिमा 500 करोड़ रुपियाँको आर्थिक प्याकेज बनाउनु पर्ने सुझाउ पनि दिए। यो सङ्टकालिन अवस्थामा सबै श्रमजीवि वर्गका कर्मचारीहरूको पेड होलिडे घोषणा गर्नुपर्ने, दैनिक रूपमा खटिएर पेटपालन गर्ने श्रमिक, चालकवर्ग र अन्यको हितलाई ध्यानमा राखेर कम्तिमा 10 हजार रुपियाँको क्षतिपूर्ति राशि दिनुपर्ने, दैनिक उपभोगका सामाग्रीहरू छुट दरमा प्रदान गर्नुपर्ने, स्टार्टअप र मुख्यमन्त्री स्वरोजगार योजनाबाट ऋण लिएर व्यवसाय शुरु गरेका राज्यका शिक्षित युवाहरूको व्यवसायमा धक्का नलागोस् भने उनीहरू ऋण सरकारले माफ गर्नुपर्ने माग गरे। यसबाहेक राज्य सरकारले सिक्किममा थप भेन्टिलेटर बनाउनु पर्ने अनि कोरोनाको महामारीप्रति गम्भिर बन्नुपर्ने बताउँदै सिक्किमली जनतालाई अफैं जोगिएर ज्यान बचाउने काम गर्ने सुझाउ दिए। उनले यदी कोरोना फैलिएर सिक्किमे जनता कोही मर्छन् भने त्यो सरकारले जिम्मेवारी लिनुपर्छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!