Loading... आजः शनिबार , श्रावण १२, २०८१

यसरी समातिए डा.नारायण कार्कीमाथि दुर्ब्यवहार गर्ने युट्युबर भनिने उत्तम कार्की


युट्युबरका नाममा स्वास्थ्यकर्मीमाथि दुर्ब्यवहार गर्ने व्यक्तिले आइतबार बिहानभर काठमाडौं प्रहरीलाई यस्तरी घुमाए कि,प्रहरी घरी यता, घरी उता दौडिँदैमा समय बित्यो।

शुक्रबार दिउँसो काठमाडौं छिर्ने प्रमुख नाका नागढुङ्गामा बागमति प्रदेशका जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा.नारायण कार्कीमाथि दुर्ब्यवहार भएको थियो। आफूहरुलाई युट्युब च्यानल सञ्चालक बताउँदै स्वास्थ्यकर्मीको झोला खानतलासी लिने उत्तम कार्कीसहितका युवालाई प्रहरीले शनिबारदेखि नै खोज्दै थियो।

त्यस्तो व्यवहारको सञ्चार क्षेत्रसहित नागरिक समाजबाट पनि विरोध हुँदै आएको थियो। थानकोट चेकपोष्ट प्रहरी कार्यालयबाट एक किलोमीटरको दूरीमा उनको घर त फेला पर्यो, तर शुक्रबार प्रहरीले खोज्दा उनी भेटिएनन्। यसपछि प्रहरीले सिडिआर (कल डिटेल्स) को विधिबाट खोजी गर्न थाल्यो। कल डिटेल्सले देखायो, चिसापानी। सुन्दरीजलबाट उत्तरतर्फ लाग्दा काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्छ, चिसापानी।

Insert your Ads code here

‘सर, म दहचोकतिर छु। आधा घण्टापछि आफैँ थानकोटको डिएसपी सा’बलाई भेट्न जान्छु।’ उनको आशय थियो,घरमा पुलिस पठाएर पक्राउ हुनबाट जोगिनु। तर, आधा घण्टामा डिएसपीलाई भेट्छु भन्ने उत्तमको तीन घण्टासम्म अत्तोपत्तो भएन।

एकातिर मोबाइलको लोकेशन चिसापानी, अर्कातिर आइतबार बिहानै उत्तमले काठमाडौं प्रहरीका एसएसपी श्यामलाल ज्ञवालीलाई फोन गरेर सुनाए, ‘सर, म दहचोकतिर छु। आधा घण्टापछि आफैँ थानकोटको डिएसपी सा’बलाई भेट्न जान्छु।’ उनको आशय थियो,घरमा पुलिस पठाएर पक्राउ हुनबाट जोगिनु। तर, आधा घण्टामा डिएसपीलाई भेट्छु भन्ने उत्तमको तीन घण्टासम्म अत्तोपत्तो भएन।

मोबाइलले देखाएको लोकेशन चिसापानी साँखु प्रहरी प्रभागको क्षेत्रमा पर्छ। साँखुले पनि सुन्दरीजल प्रहरीलाई दौडायो। तर,अरुलाई पानीमुनि गए पनि छोड्दिन भनेर फेसबुक प्रोफाइलमा लेख्ने उत्तम आफैचाहिँ भनेको ठाउँमा भेटिएनन्।

यसपछि एसएसपी ज्ञवालीलाई प्रहरी परिसर टेकुका एसपी सोमेन्द्रसिंह राठौर र डिएसपी सुधीरराज शाहीले भने, ‘यसरी भएन हजुर,हामी जसरी पनि ल्याइदिन्छौँ।’

दिउँसो ११ बजे सोमेन्द्र थानकोटतिर लागे। यतिबेलासम्म उत्तमको नयाँ लोकेशन ट्रेस भइसकेको थियो,थानकोट चेकपोष्ट। बाटोबाट उत्तमलाई सोमेन्द्रले फोन गरे, ‘तपाईं घरबाट निस्किएर थानकोटको प्रहरी कार्यालय आउने कि घरबाटै पोको पारौँ?’

‘हैन, हैन सर, म आइहालेँ’ भनेर आत्तिँदै घरबाट निस्किएका उत्तमलाई सोमेन्द्रले घरभन्दा दुई सय मीटर वरै समातेर गाडीमा हाले।

यो समाचार जनअास्था साप्ताहिक अनलाइनबाट लिइएको हो।सं.

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!