कैलाली टिकापुर
टीकापुर नगरपालिका वडा न ६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले यस आर्थिक बर्षमा ५ करोड भन्दा बढीको कोरोवार गरेको सार्वैजानीक गदै को १३औ साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिह कडायतको अध्यक्षतामा भएको साधारणको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय उमा देवी बादी रहेका थिइन् भने विशिष्ट अतिथिमा टीकापुर ६ का अध्यक्ष बलीराम चौधरी, उद्योगपति देबी बहादुर राई,पुर्व धनसिहपुर गाबिस अध्यक्ष जंग बहादुर साउँद र नारायणपुर गाबिसका पुर्व अध्यक्ष फकिरसिह कडायत रहेका थिए ।
सहकारी संस्थाका सह सचिव नृप कडायतको स्वागत मन्तव्य संगै शुरुभएको कार्यक्रममा जनता राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष गोबिन्द कोईराला,सामुदायिक सहकारि संस्थाका अध्यक्ष हरि कार्की लगायतले मन्तव्य राखेका थिए ।
सहकारीले साधारण सभामा ६ उत्कृष्ट बचत कर्तालाई सम्मान गरेको छ।साथै असल ऋणि १ जना र उत्कृष्ट संस्थाको रुपमा नोबलपब्लिक स्कुल सत्ती र सुनसुनिया ग्रामिण विद्युत सहकारी संस्थालाई समेत सम्मान गरिएको छ ।
Insert your Ads code here
भने क्रमिक कर्जा र बचत गर्ने १र१ जनालाई सम्मान गरिएको छ। २०६४ सालमा स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ५ करोड ७६ लाख ८४ हजार ८ सय ७६ निक्षेप संकलन गरि २६ लाख ४५ हजार आठ सय ८८ मुनाफा गर्न सफल भएको छ । हाल यस सहकारीमा महिला ३३१ जना र पुरुष ८१० जना गरि ११४३ जना शेयर सदस्य रहेका छन ।