Loading... आजः शनिबार , श्रावण १२, २०८१

यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने


यस वर्षको मनसुन पनि विगत वर्षझैँ ढिला सुरु हुने भएको छ । नेपालमा मनसुन भित्रिने समय आउन दुई दिन मात्र बाँकी छ तर मनसुनको छेकछन्द छैन । अहिले पूर्वमनसुन नै सक्रिय हुँदा पश्चिमी र अन्य वायुले वायुमण्डल ढाकिराखेको गोरखापत्रले लेखेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हरेक वर्षको जुन १० तारिख मनसुन सुरु हुने मिति हो। पूर्वमनसुनी गतिविधि र अन्य मौसम प्रणाली अझै सक्रिय रहेकाले मनसुनका लागि उपयुक्त वातावरण बन्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि नेपालमा ‚थानीय वायु, पश्चिमी वायु र निसर्ग चक्रवातपछिको विहारमा रहेको न्यून चापीय प्रणालीको असर कायमै छ।

Insert your Ads code here

पूर्वमनसुनको पश्चिमी वायुसँगै पछिल्लो समय दुईवटा चक्रवातको असरले मनसुनी प्रणालीलाई थप असर गरेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। बङ्गालको खाडीमा बनेको अम्पुन चक्रवात र हालसालै अरब सागरमा बनेको निसर्ग चक्रवातले मनसुनी गतिविधिमा बदलाव ल्याएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!