Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

यस वर्ष समयमै धान रोपाइँ भएकाले बाँके जिल्लामा राम्रो धान उत्पादन हुने


धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ । यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णालीलगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रका बाली विकास अधिकृत शकिल अहमदले बताउनुभयो ।

बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । यस वर्ष खेतमा हरियो धान लहलह भएको देख्दा किसानमा पनि बाली सप्रने आशा पलाएको छ । धानको उत्पादन वृद्धि गर्नका लागि जिल्लामा धान ब्लक, धान पकेट तथा स्मार्ट कृषिगाउँ कार्यक्रम पनि लागू भएको छ । यस कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि हुँदै गएको उहाँको भनाइ छ ।

किसानले ज्ञान केन्द्रबाट सिफारिस गरिएका राधा–४, जानकी, मन्सुली, हल्दीराम र केही स्थानीय जातका धान लगाएका छन्। जिल्लामा यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको हो । सिक्टा सिँचाइ आयोजनाले यहाँका ४० प्रतिशत क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याएको गोरखापत्र अनलाइनले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!