युनिकको सफलताको कथा भाग–१ सफल उद्यमि भईन राजरानि थारु
भाग–१
सफल उद्यमि भईन राजरानि थारु
निरन्तर संघर्ष गरेपछि असम्भब भन्ने कुरा केहि पनि हुदैंन भन्ने भनाई जस्तै उदाहरणीय ब्यक्ति बनेकि छिन राजरानि थारु। उहाँको कोहलपुर न.पा. वार्ड न. ५ रझेना गाउँमा बुवा करिंगे थारु र आमा बिटानि थारुको कोखबाट मिती २०५० साल असार महिनामा माईलि छोरीको रुपमा जन्म भएको थियो । घरको आर्थिक अवस्था राम्रो नभएकोले कक्षा १० सम्म मात्रै अध्ययन गर्नुभयो। उहाँको कोहलपुर–६, मैंटहुवामा राम दयाल थारुसंग सामाजिक परम्परा अनुसार विवाह भएपश्चात घरको कामकाजमा व्यस्त हुने गर्दथिन।
२०७५ साल कार्तिक १२ गते युनिक नेपाल लघुवित्तको समुह आएपछि आफु संग भएको रकम बचत गर्ने र कर्जा लिएर ब्यवसाय गर्ने उद्येश्यले केन्द्र न. २५ समुह नं ३ मा सदस्यको रुपमा आवद्घ हुनु भयो। समुहको सदस्य भएदेखि बैठकमा नियमित उपस्थित हुने नियमित बचत गर्ने गर्नु हुन्थ्यो। निजको श्रीमान यस भन्दा पहिले कोहलपुर–६, मैंटहुवा मेनरोडको छेउमा थोरै जमिन भाडामा लिएर फलफुलको बोटबिरुवाहरु उत्पादन गर्ने र बिक्रि गर्ने गर्नु हुन्थ्यो। दुबैं जनाको सल्लाह अनुसार ब्यवसाय बढाउनु प¥यो भन्ने उद्येश्यले शुरुमा युनिक नेपालको समुहबाट रु. २०,००० कर्जा लिएर ब्यवसायमा लगानि गर्नु भयो। पहिलेको तुलनामा ब्यवसाय अलि ठुलो भयो सोहि व्यवसायमा श्रीमान श्रीमति निरन्तर रुपमा लाग्नु भयो। व्यवसायबाट भएको आम्दानिले घर खर्च चलाउने छोरा छोरीको पढाई खर्च साथै ऋणको किस्ता पनि सोहि आम्दानिले नियमित बुझाउन सहज भयो। ब्यवसायलाई अझ ठुलो बनाउने उद्येश्यले समुहमा आवद्घ भएको करिब एक बर्ष पछि यसै युनिकको समुहबाट रु. १,००,००० व्यवसायिक कर्जा लिएर ब्यवसाय अझ ठुलो बनाउनु भयो। ब्यवसाय ठुलो भएपछि श्रीमान श्रीमतिले मात्र नभ्याएपछि कामदारको आवश्यकता भएर गाउँकै स्थानिय ३ जना ब्यक्तिहरुलाई रोजगारी दिनु भयो।
यसरी ब्यवसाय दिन प्रतिदिन ठुलो हुदैं गयो, फलफुलको बोटबिरुवाहरु स्थानिय गाउँघर तथा नेपाल अधिराज्य भरि डेलि भरी गरी मासिक रुपमा रु ५०,००० देखि रु ८०,००० सम्म आम्दानि हुन थाल्यो। यसरी ब्यवसायबाट निरन्तर रुपमा सफलता प्राप्त गर्दै ब्यवसायलाई अझ ठुलो बनाउँदै जानु भयो। यसरी युनिक नेपालबाट पटक–पटक आवश्यकता अनुसार कर्जा लिएर ब्यवसायमा लगानि गरी सक्नु भएको छ। व्यवसाय पहिलेको तुलनामा धेरै ठुलो भईसकेको छ। पहिले एक कठ्ठामा मात्र ब्यवसाय थियो भने हाल पन्ध्र कठ्ठामा ब्यवसाय फैलिसकेको छ। पहिले तिन जना मात्र कामदार हुनुहुन्थ्यो भने हाल १० जना कामदार हुनुहुन्छ। व्यवसायबाट भएको आम्दानिले छोरीलाई राम्रो शिक्षा दिएको घरको आर्थिक अवस्था राम्रो भएको र गाउँघरको ब्यक्तिहरुलाई रोजगार दिन सफल हुनु भएको छ।
स्थानिय गाउँको दाजु भाई तथा दिदि बहिनिहरु भन्नु हुन्छ निजहरुको व्यवसाय भएको कारण हामिले रोजगारी पाएका छौं र हामिलाई चाहिने फलफुलको बोटविरुवाहरु पनि नजिकैंबाट उपभोग गर्न पाईरहेका छौं ।