Loading... आजः आइतबार , बैशाख १४, २०८२

युनिक नेपालद्वारा जगनठ्या मर्वाको स्थापना


 

 

बर्दिया, राजापुर 

Insert your Ads code here

    सुक्रबार एक कार्यक्रम बिच पुर्व भूमिसुभार मन्त्री तथा यूनिक नेपालका सस्थापक संरक्षक डा. गोपाल दहितले थारु समुदायको धार्मिकस्थल तथा देउथान जगनठ्या मर्वाको उद्घाटन गर्नु भएको छ ।

          राजापुर नगरपालिका २ मा पर्ने नयाँगाउँमा यूनिक नेपालको रु ३ लाख ४९ हजार २ सय ६० रुपैया र समुदायको ८१ हजार ९ सय २५ रुपैया गरी जम्मारु ४लाख ३१ हजार १सय ८५ रुपैयामा निर्मित जगनठ्या मर्वास्थापना         गरिएको थियो ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री डा. दहितले जनप्रतिनिधिहरुले अन्य समुदायको धार्मिकस्थल निर्माणका लागि लाखौं बजेट छुट्याए पनि आफ्नै समुदायको ठन्ह्वा निर्माणका लागि ध्यान दिन नसकेको बताउनुभयो । नयाँगाउँ सबैभन्दा पुरानो थारु वस्ती भएको चर्चा गर्नुहुँदै यहाँको मर्वा फुसको र अस्थायी भएकाले स्थायी रुपमा मर्वा निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो ।

थारु समुदायको धार्मिक आस्थाकोरुपमा रहेको पवित्र स्थल मर्वाको स्थायी स्थलका लागि युनिक नेपालले काम गर्न थालेको उहाँले जानकारी दिनुभयो । यसअघि पनि युनिक नेपालले बिभिन्न स्थानहरुमा थारु ठन्वाको निर्माण गरिसकेको उहाँले जानकारी दिनुभयो । समुदायको मागअनुसार युनिक नेपालले ठन्वा निर्माणमा सहयोग गर्ने युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले बताउनुभयो ।

कार्यक्रममा कुलापानी चौधरीले मर्वा निर्माणमा महत्वपूर्ण योगदान दिएकाले सम्पूर्ण घरधुरीको तर्फबाट धन्यवाद दिनुभयो । कार्यक्रम नयागाउँका बरघर रामकरण थारुको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमको संचालन युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले गर्नुभएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!