Loading... आजः आइतबार , माघ २७, २०८१

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा रु. १ लाख अनुदान


 

बाके  नेपालगञ्ज,

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड नियन्त्रण अभियानमा सहयोग पु¥याउनकोलागि आज जिल्ला विपत व्यवस्थापन समिति, बाँकेलाई रु. १ लाख अनुदान हस्तान्तरण गरेको छ ।

Insert your Ads code here

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका बिनोद कुँवर र नेत्र बहादुुर भण्डारीले रु.१ लाखको चेक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्नु भयो ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउनको लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च हुने गरी रु एक लाख बराबरको स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराएको त्यस वित्तीय संस्थाले बताएको छ ।

यो संस्था कैलाली, कञ्चनपुर, दाङ, बर्दिया, बाँके, कञ्चनपुर, कपिलवस्तु लगायत विभिन्न ठाउँमा शाखा स्थापना गरि विपन्न वर्गलाई लघुवित्त कर्जा सेवा उपलब्ध गराउदै आएको छ भने कोरोना महामारीको दोस्रो चरण सुरु भएपछि विभिन्न ठाँउमा नगद तथा जिन्सी स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराउदै आएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!