बुधबार जेठ १९ , २०७८
राजापुर । युनिक नेपाल बर्दियाले राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा रहेका २ वटा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
युनिक नेपालले आफ्नो स्थापना दिवसको अबसर पारेर कोभिड अस्पताल गेरुवा र राजापुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
युनिक नेपालले २ लाख ७६ हजार बराबरको १ –१ थान अक्सिजन कन्सन्ट्रेटर ३–३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । यूनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले गेरुवा गाउपालिकाको कोभिड अस्पतालमै पुगी गेरुवा गाँउपालिका अध्यक्ष जमान सिंह के.सी र राजापुर नगरपालिकाको कोभिड अस्पतालमा पुगी राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीलाई सो समाग्री हस्तान्तरण गर्नु भएको हो ।
कोरोना महामारी बाट जोगिन सहयोग पुग्ने उदेश्यले युनिकले यस अघि विभिन्न खाले स्वास्थ्य सामग्री सहयोग समेत गरिसकेको छ ।