Loading... आजः शनिबार , श्रावण १२, २०८१

युवकको निधन पछि गोजमुमो सिक्किम शाखाको पहलमा मृतदेह पठाइयो दार्जीलिङ, सहयोगीप्रति गोजमुमोले दियो धन्यवाद


गान्तोक, 13 सेप्टेम्बर। सिक्किममा बिगत 8 वर्षदेखि चालकको पेशामा कार्यरत दार्जीलिङका एक युवकको निधन भएपछि उनको मृतदेह घर पठाउन आएको समस्यामाथि बिमल गुरुङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चा सिक्किम राज्य शाखाको पहलमा मृतदेह दार्जीलिङ पुऱ्याइएको छ। यसबारेमा गोजमुमो राज्य अध्यक्ष गणेश छेत्रीले सहोयग गरिदिएकोमा राज्यको शहरी विकास तथा आवास मन्त्री अरुण कुमार उप्रेती समेत सबैलाई आभार प्रकट गर्दै प्रेस बयान जारी गरेका छन्। उनले प्रेस बयानमा भनेका छन्, दार्जीलिङको सिङ्गताम,सोम चिया बगान निवासी कालुराम राईको पुत्र उमंग राई विगत आठ वर्षदेखि सिक्किममा वाहन चालकको पेशामा थिए वर्तमान लकडाउनको कारण फास्टफुडतिर काम गर्दै आइरहेका थिए तर ११ सेप्टेम्बरको दिन अचानक आत्महत्या गरेको खबर सुन्नमा आयो। दार्जिलिङ,कालेबुङबाट रोजि-रोटीको निम्ति परदेशीएका युवाहरु यसरी अल्प आयुमा प्राकृतिक या अप्राकृतिक रुपमा निधन भएको खबर सुन्दा अति नै मन रोएर आँउछ। महामारीको यस्तो विकट स्तिथिमा वहाँको मृत देहलाई दार्जिलिङ पुराउन पनि चुनौती पूर्ण कार्य नै थियो।
उनले अझ भनेका छन्, गोजमुमो सिक्किम शाखाले अनेकौं समस्याहरुको सामना गर्न परे तापनि सरकारको हरेक औपचारिक्तालाई पुरा गर्दै मृतदेहलाई समयमा नै राज्य पारी पुराएर मृतकको परिवारलाई सुम्पिएको छ। गोजमुमो राज्य शाखालाई यस कार्यमा सहयोग पुऱ्यउने सिक्किमका शहरी विकास तथा मन्त्री अरुण कुमार उप्रीतिलाई गोजमुमो राज्य शाखाको तर्फबाट मुरि-मुरि धन्यवाद टक्राउदछौं, उनले भनेका छन्। अध्य़क्ष छेत्रीले भनेका छन्, उनको सहयोग बिना यति चाँड़ो मृतदेह घर पुऱ्याउन सम्भव नै थिएन। अन्य राज्यका भएपनि परेको खण्डमा आ-आफ्नो तहबाट सहयोग गरिदिएकोमा सिक्किम पुलिस प्रशासन,स्वास्थ्यकर्मी साथै स्थानीय वासिन्दाहरु सबै-सबैलाई आभार प्रकट गर्दछौं।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!