युसेप नेपालले बर्दियाका २ सय ४० जनालाई तालिम दिने
मुरली गोडिया,बर्दिया
बर्दियाका ८ पालिकाका गरि २ सय ४० जनालाई रोजगारी दिइने भएको छ । तालिमहरुमा इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेको युसेप नेपालले बर्दियाले जनाएको छ । गुलरियामा सरोकारवालाहरु सँग परियोजना बारे छलफल कार्यक्रममा बताइएको हो । युरोपियन युनियन को आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्र्तगत युसेप नेपाल र वल्र्ड भिजन एडभोकेशी फोरम द्धारा प्रबदित तालिमहरुका बारेमा छलफल गरिएको हो । निर्माण व्यवसायी संघ बर्दियाका महासचिव हेमन्त प्रकाश गिरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा बर्दियाका विभिन्न स्थानिय तहमा रोजमुलक ७ प्रकारका सीप विकास तालिमहरु संचालन गरिने युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिनु भएको छ । सो सीप विकास तालिम प्रदान गरि जिल्लामा २ सय ४० जना नागरिकलाई लाभान्वित गराउने जिल्ला संयोजक रमेश कुमार चौधरीले बताउन भयो ।
तालिमहरु इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डर रहेका छन् । एक्जाभेटर बाहेकका ६ वटा ३ महिने तालिमहरु बर्दियाको विभिन्न नगरपालिकाहरुमा संचालन गरिने र ६ महिने एक्जाभेटर अपरेटरको तालिम काठमाण्डौ मा संचालन हुने संयोजक चौधरीले जानकारी दिनु भयो । तालिमका ६ वटा नगरपालिकामा संचालन भएपनि प्रशिक्षार्थी भने ८ वटै पालिकाका रहने संस्थाले जनाएको छ । बर्दियाको लागि कार्यक्रम तर्फ ९५ लाख र प्रशासनिक खर्च १० लाख गरी परियोजनाको कुल अनुमानित लागत १ करोड ५ लाख रहेको छ । युसेप नेपालले बालबालिकालाई शिक्षा र युवायुवतीहरुलाई व्यावसायिक तालिम प्रदान गर्दै आएको छ । संस्थाले स्थापनाकाल देखि हाल सम्म हजारौं जना युवयुवतीहरुलाई तालिम दिएको दिएको संस्थाले जनाएको छ । छलफल कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी लगायतको सहभागितामा गरिएको युसेप नेपालका जिल्ला संयोजक रमेश चौधरीले बताउनु भएको छ ।
तपाइँकाे प्रतिक्रिया
