Loading... आजः सोमबार , जेठ ६, २०८२

यूनिक नेपालसे सेती प्रादेशिक युनिक नेपाल लघुवित्त वित्तीय संस्था द्धारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


कैलाली धनगढी,

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड आज सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
युनिक नेपाल धनगढी शाखाका व्यवस्थापक सन्तकुमार चौधरीले सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डे लाई एक कार्यक्रमका विच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
हाल विश्व भरी फैलिदै गरेको कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउनको लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च हुने गरी रु एक लाख बराबरको स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराएको शाखा व्यवस्थापक सन्तकुमारले बताए । उक्त सामाग्रीमा मास्क ३,००० थान, ग्लोभ १,५०० थान, पीपीई ३० थान र फेस शिल्ड ११० थान हस्तान्तरण गरिएको छ ।
यो संस्था कैलाली, कञ्चनपुर, दाङ, बर्दिया, बाँके, कञ्चनपुर, कपिलवस्तु लगायत विभिन्न ठाउँमा शाखा स्थापना गरि विपन्न वर्गलाई लघुवित्त कर्जा सेवा उपलब्ध गराउदै आएको छ भने कोरोना महामारीको दोस्रो चरण सुरु भएपछि विभिन्न ठाँउमा नगद तथा जिन्सी स्वास्थ्य सामाग्री अनुदान उपलब्ध गराउदै आएको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!