Loading... आजः मंगलबार , भाद्र २५, २०८१

यौन शोषण तथा बेच विखन परियोजना अन्तरगत जानकारी तथा परिचयात्मक कार्यक्रम


बर्दिया, राजापुर भदौ २२
बर्दियाको राजापुरमा कोभिड १९ महामारी मा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेच विखन परियोजना अन्तरगत जानकारी तथा परिचयात्मक कार्यक्रम राजापुरमा सम्मपन्न  गरिएको छ ।

साथी सस्थाका अध्यक्ष सरस्वती शर्माको अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिकाका नगरप्रमुख शिब प्रसाद चौधरी विशेष अतिथी ईलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिलदत्त रहनु भएको थियो ।
प्लान ईन्टरनेशनलले गदै आइरहेको कामको वारेमा जानकारी प्लान ईन्टरनेशनलका शर्मिला राईले गराउनु भएको थियो । कार्यक्रममा साथी संस्थाले संचालन गर्ने परियोजनाको बारेमा पहिलो चरणमा चार वटै पालिकामा विस्तृत जानकारी गराएको छ । भारतको सिमानासंग जोडिएका बर्दियाका चार पालिकामा बालबालिका तथा युवालाई लक्षित गरि परियोजना संचालनमा आएको हो ।

Insert your Ads code here


प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र साथी संस्था बाँकेको साझेदारीमा ‘कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना’ संचालनमा ल्याइएको छ ।
बालबालिहरुमा परिपक्कता नभएकोले माया गर्ने बहानामा, विवाह गर्ने बहानामा र कामको प्रलोभनमा परी भारतमा बेचबिखन हुन बाध्य भएका छन् । परियोजनाले बालबालिका विरुद्ध हुने घटना रोक्न बालबालिकाहरुलाई विभिन्न किसिमको सचेतनामुलक तालिम र अभियान चलाउने छ । बालबालिकाको प्रत्यक्ष सम्पर्कमा रहने अभिभवाक, शिक्षक, समुदायका नेतृत्वहरुसंग परियोजनाले समन्वय र सहकार्य गरी बालबालिका विरुद्ध हुने यौन शोषण तथा बेचबिखन रोक्न मद्दत पु¥याउनेछ ।
गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा परियोजना संचालनमा आएको छ । चार वटै पालिकामा संस्थाले परियोजनाको बारेमा जानकारी गराई सकेको परियोजना संयोजक कुलराज दहितले जानकारी दिनु भएको छ ।
रु २५ लाख ११ हजार ८ सय २८ का दरले चार वटा पालिकामा जम्मा बजेट १ करोड ४७ हजार ३ सय १२ रहेको छ । कोभिड महामारीका कारण बालबालिका यौन हिंसामा परेका छन् ।
बालबालिका विरुद्ध हुने यौन हिंसा शून्य पार्न र यौन शोषणमा परेकालाई सहयोग गर्न संस्थाले परियोजना प्राथमिकतासाथ संचालन गरेको छ । यस परियोजनाको अवधि १५ जूलाई २०२१ देखि १५ अप्रिल २०२२ सम्म रहने छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!