Loading... आजः आइतबार , माघ २७, २०८१

“रक्तदान जीवनदान”



डा.योगेश प्रसाद बैद्य
एम.डी.(आयु),पंचकर्म,
कन्सल्टेण्ट पंचकर्म बिज्ञ,
प्रादेशिक आयुर्बेद चिकित्सालय,
बिजौशी, दाङ्ग, नेपाल।

रक्तदान भनेको कुनै स्वस्थ ब्यक्तिले आफनो र गत अरु विरामीमा सञ्चार गराई उसलाई जीवनदान दिनु हो । वर्तमान समाजमा रक्तसंचार एक यस्तो बलियो आधारशील हो जसमा आधुनिक चिकित्सा विज्ञानको मेरुदण्ड भन्नुनै रक्तसंचार सेवा (रक्तदान) हो ।

पहिले समयमा असार–श्रावण को वर्षाकलमा र Football World Cup को समयमा रक्तदाताहरुको अभाव हुन्थ्यो भने हिजो–आज Corona को माहामारीको कारण रक्तदाताहरुको संख्यामा कमि महसुस भैरहेको छ ।

Insert your Ads code here

तेर रक्तदानको बारेमा धेरैको गलत धारण रहेको पाईन्छ । कसैलाई रक्तदान गराँै भन्ने प्रस्ताव शब्दा ुआपैmले त रक्तपान गर्नुपर्ला जस्तो छ, कहाँ अस्वीकार गर्नेहरु पनि धेरै पाईन्छन् । तर रक्तदानबाट शरीरमा कुनै असर वा हानी हुदैन ।

१७ वर्ष पूरा भएका र ६० वर्ष ननाधेका ५० कि.ग्रा.वजन भएका पुरुष र ४५ कि.ग्रा वजन भएका महिलाहरुले रक्तदान गर्न सक्दछन् । शारीरिक तौलको प्रति किलोग्राम पुरुषमा ७६ मि.लि. र महिलामा ६६ मि.लि.रगत हुन्छ । दैनिक कार्य संचालन गर्न मानव शरीरको प्रति क्रि.ग्रा.५० मि.लि रगतको मात्र आवश्यकता हुन्छ । तसर्थ पुरुषमा २६ मि.लि.र महिलामा १६ मि.लि. रगत प्रति कि.ग्रा.८ मि.लि. गत सजिलै दिन (रक्तदान गर्न) सक्दछ । त्यसैले रक्तदानका लागि शरीरको न्यूनतम वजन ४५ कि.ग्रा.भएका व्यक्तिले प्रति कि.ग्रा. ८ मि.लि.रक्तदान गरेमा (४५ह्८) ३६० मि.लि रगत हुन आउंछ तर रक्तदान गर्दा ३५० मि.लि.रगत मात्र दिइन्छ (रक्तदान गरीन्छ) । जसबाट शरीरमा कुनै हानी हुदैन भन्ने कुरा प्रष्ट हुन्छ । यसैगरी रक्तदाताको रक्तचाप १००र७५ देखि १६०र९५ को बीचमा र हेमोग्लोविन (ज्दन) को मात्रा १२ ग्रा ५ वा सो भन्दा बढी हुनु आवश्यक छ ।

यी कुराहरु ठीक भएमा एक स्वस्थ पुरुषले ३ महिनामा एकपटक रक्तदान गर्नसक्छ भने महिलाले ४ महिनामा एक पटक रक्तदान गर्न सकिन्छ । रक्तदान गरेको २४ देखि ४८ घण्टा भित्र शरीरमा एबिकmब र २१ दिन भित्र रगतका अखन्य सबै तत्वहरु पुन बनिसकेका हुन्छन् । तापनि रक्तदान गर्न ३ र ४ महिनाको फरक राखिनुको कारण रक्तदाताको सुस्वास्थ्यको लागि हो ।

रक्तदाताको छनौट अनुसार पहिले आफनो शरीरमा रगत लिएको भए कम्तिमा ६ महिनासम्म सो व्यक्तिले रक्तदान गर्नु हुँदैन । रक्तदाताहरुमा रगत सम्वन्धी रोग, मुुटुको रोग , कलेजोको रोग, मृगोलाको रोग, मानसिक रोग, स्वास —प्रश्वास सम्वन्धी रोग, यौन रोग, चर्म रोग, मधुमेश, छारेग रोग, बाथ —ज्वरो, रक्त अल्पता, अल्सर, आदि भए औषधिको मात्रा पुरा भएको कम्तिमा एक बर्ष पछि मात्र रक्तदान गर्न सकिन्छ । व्बगलमष्अभ, ःबबिचष्ब जस्ता रोग भएकोले औषधि को मात्रा पुरा गरेको वा रोग निको भएको ३ बर्ष पछि मात्र रक्तदान गर्न सक्दछन । महिलाहरुमा रजश्वला (Menstruation) हुँदा ८ दिनसम्म र गर्भधारण तथा स्तनपानका अवस्थामा २ बर्षसम्म रक्तदान गर्नुहुँदैन । यदि पहिले शल्यक्रिया गरेको भए सामान्य शल्यक्रिया जस्तै हर्नियाको शल्यक्रिया, Appendisectomy, Fonsillectomy, surface Fumour, Removal, आदिमा ६ महिना पछि र जटिल शल्यक्रिया जस्तैAbdomenal Lapartory, Histerectory,  आदिमा २ बर्ष पछि मात्र रक्तदान गर्न सकिन्छ भने Organ Removal Operation जस्तै Kidney Removal (Nephrectomuy), Gastrectomy, Major amputation, आदिमा आजीवन रक्तदान गर्नु हुदैन।Blood Cance ( Leukemia), Viral Hepatitis ( HBs Ag Positive / HCV Positive) , HIV Positive (AIDS) आदि भएका व्यक्तिहरुले पनि आजीवन रक्तदान गर्नु हुँदैन ।

रगत तथा स्वास्थ्य सम्वन्धी प्रायलाई राम्रो ज्ञान नभएर हो कि, रक्तदाताहरुबाट असुरक्षित रगत पनि प्राप्त भएको पाइन्छ । यस्ता असुरक्षित रगत विरामीको स्वास्थ्यका लािग हानिकारक हुनाले प्रयोगमा ल्याइन्न । यस समस्याको समाधानको लागि विश्व स्वासथ्य संगठन (WHO) ले ७ अप्रिल सन २००० को विश्व स्वास्थ्य दिवस (World Health Day) देखि लागु हुने गरी  “Safe Blood Starts With Me, Blood Saves Lives” “सुरक्षित रगत आफैबाट शुरु हुन्छ । रगतले ज्यान बचाउँछ ” भन्ने नारा प्रकाशमा ल्याए । यस नाराको तात्पर्य अबदेखि रक्तदाताहरुले सुरक्षित रगत मात्र देउन भन्ने रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षित रगत भन्नाले त्यसतो रगत हो जसमा कुनैपनि सुरक्षम जीवाणुहरु (Bacteria, Virus), रक्त परजीवीहरु, लागु पदार्थ, नशालु पदार्थ, रसायन पदार्थ र विरामीलाई असर गर्ने खालका अखन्य पदार्थहरु हुनु हुँदैन ।

रगतको आवश्यकता शल्यक्रिया, दुर्धटना, प्रसूति अवस्था क्यान्सर, टि.भी, कलेजोको रोग, मृगोलाको रोग, फोक्सोको रोग, रक्त स्रावहरु, रगत सम्वन्धी रोगहरु जस्तै रक्त अलपता, Haemphilia, Thalecimia, आदिमा पर्दछ । नेपालमा Rh Positive Blood Group (A’ Positive, ‘B’ Positive, ‘AB’ Positive , ‘O’ Positive० ९९.४%, पाइन्छ भने Rh Negative Blood Group  (‘A’ Negative, ‘B’ Negative, ‘AB” Negative,  ‘O’ Negative ) 0.6% मात्र पाइन्छ । त्यसैले नेपालमा Rh Negative Blood Group भएका विरामीहरलाई रगत आपूर्ति गर्न अति कठिन छ । यस समस्याको समाधानको लागि Nepal Voluntary Society (NVBDS) (नेपाल स्वयमसेवी रक्तदाता समाज) ( Red Cross Central Blood Bank) अन्तरगत   Rh Negative Blood Donar भन्ने समूह–दुर्लभ रक्तदाता समूह पनि खोलिएको छ । जसबाट कोही विरामीलाई RH Negative Blood को आवश्यकता परेमा यस समूहका रक्तदाताहरुलाई बोलाई रक्तदान सम्वन्धि सेवा पु¥याइन्छ । साथै विभिन्न अस्पतालहरुमा अवस्थित Blood Bank हरुले पनि यस प्रकारको सेवा पु¥याउँदै आएका छन् ।

नेपालमा रक्तदान गरिएको रगतलाई ३५ दिन सम्म मात्र सुरक्षित गरी राख्न सकिएता पनि दिनहुँ धेरै विरामीहरुलाई रगतको आवश्यकता पर्ने हुनाले NVBDS ले, Red Cross Blood Bank ले ठाउँ ठाउँमा, टोल टोलमा रक्तदान गर्दै आइरहेका छन् । त्यसैले हामीले पनि आजै देखि रक्तदानको आवश्यकता र महत्व बुझी यो रक्तदान कार्यक्रमहरुमा प्रत्येक ३।४ महिनामा वा कम्तीमा बर्षको २ पटक रक्तदान गरौं र धेरै विरामीहरुलाई जीवनदान गरौं ।

सेवा नै धर्म हो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!