रक्षा ट्रस्टको समन्वयमा बर्दियाका कोरोना अस्पतालका लागि ६ वटा अक्सिजन कन्सन्टेटर सहयोग
दीपकलाल श्रेष्ठ
बर्दिया, जेठ ३० गते । बर्दियाका स्वास्थ्य संस्था र नगरपालिकाका कोरोना अस्पतालहरुका लागि जेठ ३० गते आईतबार एक कार्यक्रमका बीच अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको छ ।
रक्षा ट्रस्ट बर्दियाको समन्वय र नेपाल चिकित्सक संघ सँगको सहयोगमा कन्सन्टेटर बर्दियामा सहयोग गरिएको हो ।
आज जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको एक कार्यक्रममा बिच ट्रस्टका कार्यवाहक अध्यक्ष शुधान्शु शर्माले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई हस्तान्तरण गरिएको थियो।
अक्सिजन कन्सन्टेटर सहयोगले जिल्लाका विभिन्न स्थानमा रहेका कोरोना अस्पताल र स्वास्थ्य शाखामा उपचार रथ विरामीहरुका लागि अक्सिजन अभावमा राहत हुने र यस्तो सहयोग का लागि पहलि कदम चाल्ने रक्षा ट्रस्ट धन्यवादको पात्र रहेको साथै थप हाम्रो जिल्ला भित्रैका अन्य स्थानहरुका कोरोना अस्पतालका लागि समेत यस्तो किसिमको सहयोग गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुनारले अनुरोध गरे।
कोरोना को कहर देश भरि नै बढिरहेको समयमा बर्दिया जिल्लामा पनि अक्सिजनको अभाव विकराल भएको त्यो समयमा हामी सबै बर्दिया बासि मिलेर बर्दिया अक्सिजन बैंक स्थापना गरि अक्सिजन सुलभ तरिकाले कोरोना अस्पतालमा उपचार रथ विरामीका लागि अक्सिजन सिलिन्डर संकलन गरि अक्सिजन सुलभ तरिकाले कोरोना पोजेटिभ विरामी माझ अक्सिजन पुर्याउन अक्सिजन बैंक सक्दो सफल रहेको देखिएको र आज पनि रक्षा ट्रस्टले जुन किसिमको आफ्नो सहजिकरणमा ६ वटा अक्सिजन कन्सन्टेटर सहयोग गरेकोमा हार्दिक धन्यवाद दिन चाहेको नेपाली कांग्रेस बर्दियाका सभापति एवं प्रतिनिधि सभा सदस्य संजय कुमार गौतमले वताए। कोरिया विरुद्ध लड्न सम्पूर्ण बर्दिया बासि एकतृत हुन समेत गौतमले भने।
बर्दियामा अक्सिजन समस्या देखि हामीले नेपाल चिकित्सक संघ संगको सहजिकरणमा यी अक्सिजन कन्सन्टेटर बर्दिया ल्याइएको रक्षा ट्रस्ट बर्दियाका कार्यवाहक अध्यक्ष शुधान्सु शर्माले जानकारी दिए।
ट्रस्ट का अध्यक्ष शर्माले” प्राप्त भएको अक्सिजन कन्सन्टेटर २ थान जिल्ला अस्पताल बर्दियालाई, १ थान गुलरिया नगरपालिकालाई, १ थान बारबर्दिया नगरपालिकालाई, १ थान बाँसगढी नगरपालिकालाई र १ थान बढैयाताल गाउँपालिकालाई प्रदान गरिने गरि जिल्ला प्रशासन कार्यालय बर्दियालाई हस्तान्तरण गरिएको समेत बताए।
रक्षा ट्रस्ट प्रतिनिधि सभा सदस्य सांसद संजय कुमार गौतमकी आमाको सम्झनामा गौतम परिवारले स्थापना भएको संस्था हो ।
तपाइँकाे प्रतिक्रिया
