Loading... आजः शुक्रबार , असार ६, २०८२

रङ्गेली र रिनाकमा ग्रेफ र राज्य प्रशासनबाट भएको गल्ती असमर्थनीय छः पवन चामलिङ


गान्तोक, 15 जुलाई। सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले राज्यमा अचान बढेका कोभिड 19 मामिलप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, राज्यमा अचानक बढ़ेको कोभिड 19 -मामिला र सामुदायिक स्तरमा प्रसारण हुने वैध डरले गतिलै रूपमा सार्वजनिक चिन्ता बढाएको छ। म विशेष रूपले रङ्गेली र रिनाकका मानिसहरूको बारेमा सोचीरहेको छु जहाँका मानिसहरूले कोभिड 19 -का मामिलामा लगातार वृद्धि भएपछि भयावह स्थितिको अनुभव र सामना गरिरहेका छन्। यस सम्बन्धमा ग्रेफ र राज्य प्रशासनबाट भएको गल्ती असमर्थनीय छ। ग्रेफको पक्षबाट भएको घोर लापरवापीप्रति किन कसैको ध्यान गएन भन्ने प्रश्न सबै सिक्किमेली जनताले गरिरहेका छन्। केही सप्ताह अघिसम्म शुन्य मामिला भएको सिक्किममा 200 भन्दा अधिक मामिला हुनसितै सार्वजनिक प्रसारणको संदेहले राज्यमा स्थितिलाई कति खराब तरिकाले सम्हालिंदै थियो भन्ने कुराको गवाही दिएको छ।
उनले अघि भनेका छन् आवेगपूर्ण तरिकाले लागू गरिएका दिशा-निर्देशनको प्रकृति पनि चिन्ताजनक नै छ। सार्वजनिक कष्टप्रति सरकारको असम्वेदनशीलता दुर्भाग्यपूर्ण छ। यस प्रकारको महामारीमा कस्तै असुविधालाई सहन गर्न पनि हामी तयार छौं। तर यहाँ दुःखको कुरा के छ भने खराब प्रशासनिक फैसललाको नतीजा सबैले भोग्नुपर्ने स्थिति उत्पन्न भएको छ। निजी वाहन तथा दुईचक्के वाहनहरूमाथिको पूर्ण प्रतिबन्ध पूर्णतया अतार्किक निर्णय हो। गैर-रोड जोन क्षेत्रमा पनि अन्तर जिल्ला परिवहन माथि प्रतिबन्ध लगाउने अचानक निर्णय पनि सन्दिग्ध छ। कतिपय मानिसहरू आप्नो घर बाहिर फसेका छन्। सीमित ट्याक्सी परिवहनमा यात्रा गर्नुपर्ने बाध्याता बनाएर यात्रीलाई अधिक जोखिमको स्थितिमा जान मजबूर बनाइएको छ।
पूर्व मुख्यमन्त्री चामलिङले अझ भनेका छन्, सरकारले पछिल्लो हप्ता र पछिल्लो महिनामा सार्वजनिक कार्यमा देखाएको लापरवाहीलाई स्वीकार गर्नेछ भन्ने मलाई विश्वास छ। बिना मास्क र साामाजिक दूरी कायम नगरी क्यामरा अघि पोज दिइएका शर्मनाक तस्वीरहरूलाई मानिसहरूले लामो समयसम्म स्मृतिमा राख्नेछन्।
यस प्रकारको चिन्ताजनक स्थितिमा म सिक्किमका सबै मानिसहरूप्रति आफ्नो हार्दिक सहानुभूति र चिन्ता व्यक्त गर्दै पूर्व मुख्यमन्त्री चामलिङले कोभिड 19 को प्रत्यक्ष प्रकोपमा परेका मानिसहरू र वचाउका लागि फ्रण्ट लाईनमा खटिएका कर्मचारी (पुलिसकर्मी र स्वास्थ्य कार्यकर्ता) प्रति अफ्नो अधिक सहानुभूति रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, आउनोस् हामीले हरेस खानु हुदैन् अनि आफ्नो सङ्कल्पमा अडिग रहनुपर्छ। खराब प्रशासनिक प्रदर्शनका बावजूद हामीले सरकारलाई सहयोग दिने कार्य जारी राख्नुपर्छ। हामीले सरकारको फैसलमाथि सहयोग गर्नुपर्छ तर उनीहरूको खराब फैसलामाथि नजर राखेर रचनात्मक आलोचना गर्ने कार्य पनि जारी नै राख्नुपर्छ। हामीले सरकारी दिशानिर्देशहरू सुन्नुपर्छ र राम्रो प्रकारले बुझ्ने कोशिश गर्नुपर्छ। किनभने लडाई सामूहिक छ, परिणामले हामीलाई सामूहिक रूपमा प्रभाव पार्छ।
उनले मानिसहरूलाई आग्रह गर्दै भनेका छन्, कसैले पनि अनुचित जोखिम नलिनोस्। व्यक्तिगत, पारिवारिक तथा सामुदायिक सुरक्षा सुनिश्चित गरौं। हामीले एउटा सानो गल्ती गर्यौंि भने यो महामारीले भेट्ने जोखिम हुनेछ। यसबाट आफैं जोगिने पहल गरौं।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!