Loading... आजः शनिबार , श्रावण १२, २०८१

रमाम विद्युत परियोजनामा कर्मचारीको मृत्यु, क्षतिपूर्ति नपाएसम्म दाहसंस्कार नगर्ने कम्पनी बन्द


दार्जीलिङ 21 अप्रेल। दार्जीलिङको रमाम जल विद्युत परियोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएपछि विवाद खडा भएको छ। मृतक परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै दार्जिलिङ पहाडकै सबैभन्दा ठुलो जल विद्युत परियोजनाको रूपमा रहेको रिम्बिक लोधोमा स्थित रमाम हाइडल प्रोजेक्टलाई स्थानीय वासीहरुले बन्द गर्ने भएका छन्।
हिज रमाम जल विद्युत परियोजनामा एक स्थानीय बुद्ध छिरिङ लेप्चाको मृत्यु भएपछि गर्मीएको घटनाले ठुलो मोड लिदै कम्पनी बन्दसम्म हुन पुगेको हो भने मृतक लेप्चाको हालसम्म दाह संस्कार समेत गरिएको छैन।

हिज रमाम जल विद्युत परियोजनाको पावर हाउसमा करेन्ट लागेर उक्त युवकको मृत्यु पछि रिम्बीक लोधोमा क्षेत्रका निक्कै तनाव उत्पन्न भएको थियो। उक्त तनाउलाई अन्त गर्न कम्पनी पक्ष स्थानीय राजनैतिक पार्टीका पदाधिकारी, प्रशासन समाज लगायत परिवार पक्षमा एक बृहत छ्लफल भएको भए पनि दिनभरीको छलफल कुनै नतिजाविहिन भएको तथा पीडितले न्याय पाउनुपर्ने भन्दै परियोजनालाई स्थानीयवासीहरुले बन्द गर्ने भएका छन।

एकातिर मृतक परिवार पक्षले कम्पनीको ठुलो गल्ती देखाउदै पचास लाख रूपियाँ क्षतिपूर्तिको माग गरेको छ। उक्त मागलाई कम्पनीले सुनवाइ नगरेको उनीहरूको आरोप रहेको छ। अर्कोतिर कम्पनीको माथिल्लो निकायसम्म यस कुरालाई पुर्याएको तथा यसबारेमा केही ठोस निर्णय आउने परियोजना पक्षले जनाएको तथा मृतक शरीरलाई दाहसंस्कार गर्ने अपिल गरेका छन् । यद्यपि जबसम्म कुनै निर्णय कम्पनीले गर्दैन तबसम्म दाह सस्कार नगर्नेमा परिवार अडिक रहेका छन्।

Insert your Ads code here

हामी परिवारको पक्षमा रहेका छौ कम्पनीले मानव शरिरलाई कुनै मुल्यविहिन सम्झन्दै आएको छ जबसम्म परिवारलाई न्याय हुदैन तबसम्म हामी कम्पनी खोल्न दिदैनौ समष्टि गोजमुमो सभापति नोर्देन शेर्पाले बताए भने न्याय दिलाउन कुनैपनी हदसम्म जाने उनले बचन दिए।

स्मरण रहोस् मृतक बुद्ध छिरिङको पार्थिव शरिर हिजो पोस्टमर्टम पछि लोधोमा थाना ल्याइएको थियो भने उक्त मृत शरीरलाई हालमा लोधोमा स्वास्थ केन्द्रमा राखिएको छ। (सञ्जय निरौला)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!