Loading... आजः शनिबार , श्रावण १२, २०८१

रम्फूमा कोरोनाबारे उच्च सतर्कता जारी


गान्तोक, 19 मार्च। सिक्किमको प्रवेशद्वार रम्फूमा राज्य सरकारले गरेको निर्णय सेल्फ कोरेण्टाइनलाई ध्यानमा राखेर उच्च सतर्कताको साथमा जाँच गरिरहेको रम्फू पीएचसीका प्रभारी डा. मनोज मिस्रले बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै रम्फू नाकामा सरकारको निर्देश अनुसार जाँच प्रक्रिया भइरहेको र पर्यटकहरूलाई प्रतिबन्धित गरिएपछि यता धेरै सजिलो हुनका साथै पछिल्लो 50 दिन यताको भन्दा भीड कम्ति भएकोले सतर्कता अपनाउन सजिलो बनेको बताए। उनले स्वास्थ्य विभागका कर्मचारीलगायत एसटीआरएफका कर्मचारीहरूको निरन्तर प्रचेष्टानै राज्यलाई कोभिड-19 बाट सुरक्षित राख्नु रहेको बताए। उनले अहिले 24 घण्टा नै रम्फूबाट छिर्ने सबै वाहनहरूको यात्रीहरूलाई जाँच गर्नका सितै कोभिड-19को प्रकोप रहेका क्षेत्रहरूबाट सिक्किम फर्किएका विद्यार्थीहरू र मानिसहरूलाई सेल्फ डिक्लिएरेसन फारम भराउने गरेको अनि स्वास्थ्य विभागको निर्देश अनुसार आवश्यक सतर्कता सबैले अवलम्बन गर्नुपर्ने जानकारी पनि गराउने गरेको बताए। अहिले राज्य भित्रिने सबैलाई जानकारी गराउनका साथै पर्यटकहरूलाई रोकेर फर्काउने काम पनि भइरहेको बताए। यसमा विशेष समस्या भनेको सिक्किम सुरक्षित भएको कारणले पनि धेरै पर्यटकहरू पोको पन्तरो कसेरै सिक्किममै बस्नको निम्ति आउने गरेको पनि बताए। धेरैले होटल बुकिङ रहेको बहाना बनएर पनि आउने प्रयास गरेको भएपनि सरकारको निर्देशलाई कडाई सित लागु गरिरहेको बताए।

अर्कोतिर अहिले रम्फू नाकामा धेरै सहयोगी हातहरूको आवश्यकता रहेको हुनाले यो परिस्थिति सित जुझ्न लागिपरेका कर्मचारीहरूलाई हौसला दिन र आवश्यक सहयोगको निम्त युवाहरू, गैर सरकारी संगठनका प्रतिनिधिहरू सहयोगको निम्ति अघि आइदिएमा धेरै सहयोग हुने उनले बताए। अहिलेसम्म सरकारी तन्त्रबाहेक स्वयं सेवीको रूपमा स्वेच्छाले मानिसहरू कोरोना सङ्क्रमणबाट सिक्किमलाई बचाउन उत्रिनुपर्ने बताए। उनले सबै स्वास्थ्यकर्मी र सहयोगी विभागका कर्मचारीहरूलाई अहिलेसम्मको कार्यको निम्ति आभार प्रकट पनि गरे। अर्कोतिर भारतीय सेनाले भने रम्फूमा जाँच गराएको छैन यसकारण आज नै डा. मिश्रले सेनाका मेजरसित कुरा गरेर सेनाका जवानहरूलाई पनि जाँच गराउन सेना पुलिस राखिदिने अनुरोध गरेको बताए। उनले सेनामा कोभिड-19-को सङ्क्रमण भएमा धेरै समस्याहुने भएकोले यसबारे पनि अवगत गराएको बताए। जानकारी गराइन्छ, रम्फूमा चौबिस घण्टै तैनात कर्मचारीहरूले गैर सिक्किमेहरूको परिचयपत्र जाँच गरेर मात्र भित्रिन दिने उच्च सतर्कता अपनाइरहेको पाइयो भने मिडिया कर्मीहरूले प्रत्यक्षरूपमा रम्फूमा पुगेर भइरहेको सतर्कता अभियानबारे जानकारी लिँदा सबै वाहनहरूको जाँच भइरहेको भेटाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!