Loading... आजः शुक्रबार , असार ६, २०८२

रम्फूमा 8औं सिक्किम क्रान्तिकारी मोर्चा स्थापना दिवस पालन


गान्तोक, 4 फरवरी। भारतको हिमाली राज्य सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आफ्नो सरकार गठन पछिको पहिलो अनि पार्टी स्थापना पछिको आठौं वर्षगाँठ आज रम्फू खेल मैदानमा पालन गऱ्यो। एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको मुख्य आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका सचिवगण, विभिन्न विभागका अध्यक्षहरू अनि पार्टीका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। राज्यका चारै जिल्लाबाट भेला भएका जनता अघि मुख्यमन्त्री अनि विधायकगणले वर्ष 2020-को क्यालेण्डर विमोचन गरे भने पार्टी अध्यक्ष तथा मुख्यमन्त्री गोलेले पार्टीको प्राथमिक सदस्यताको नविकरण शुरु गरे।
यस अवसरमा कार्यक्रम सञ्चालक जेकब खालिङले प्राथमिक सदस्यताको नविकरण आगामी एक अप्रेलको दिन पूरा गरिने जानकारी दिए। आफ्नो स्वागत सम्बोधनमा 8औं क्रान्तिकारी मोर्चा पार्टी स्थापना दिवस आयोजन समितिका अध्यक्ष सञ्जित खरेलले एसकेएम पार्टीका विधायकहरूलाई किन्नसक्ने क्षमता कसैमा नरहेको जानकारी दिए। यस अवसरमा पार्टी कार्यकर्ताहरूले आफ्नो स्थापनाकालदेखिको गीत गाएका थिए।
आफ्नो सम्बोधनमा सिक्किम सरकारका मन्त्री तथा स्यारी निर्वाचन क्षेत्रका विधायक कुङ्गा नीमा लेप्चाले पूर्व सरकारले 16 हजार करोड रुपियाँको ऋण लगाएर गएको बताए। विकास गर्नको निम्ति गोजिमा पैसा हुनुपऱ्यो भन्दै आठ महिना आठदिनमा भएको काम जनताको आँखा अघि भएको बताए। मुख्यमन्त्रीलाई खुल्लम खुल्लारूपमा भेट्न पाएको भन्दै सिक्किममा प्रजातन्त्र आएको पनि जानकारी दिए। उनले मुख्यमन्त्री गोलेले दुईवटा कुरा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको पनि जानकारी दिए। धेरै वाधाहरू भएपनि यस मिशनलाई अघि बढाउन सरकार लागिपरेको छ भने। यस कार्यलाई अघि बढाउन सबैले निश्वार्थ भावनाले सोच्नुपर्ने बताउँदै उनले सबैले मिलेर काम गर्नुपर्ने बताए। आफ्ना उपलब्धीहरू बताउंदै सरकार बनेको केही महिना मै नाम्चीमा भाइचुङ स्टेडियम तयार भएको अनि 14 वर्षपछि सिक्किमको प्रतिभाहरू सिक्किम बाहिर गएर आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएको पनि जानकारी दिए।
यसरी नै आफ्नो सम्बोधनमा सक्रिय कार्यकर्ता कला राईले पार्टी कार्यकर्ताको कुराहरू सरकारमा बस्ने सरकारी कर्मचारीहरूले बुझिदिने अपील गरिन्। उनले एसकेएम सरकारले पद्लाको भावना लिएर कुनै राजनीति नगरेको जानकारी दिँदै कुनै सहुलियतहरू वितरणमा बन्द नगरिएको पनि बताइन्। सहुलियतको टोकन लिएका मानिसहरूको सहुलियत दिने सरकारी कर्मचारीहरूलाई अपील गरिन्। यस अतिरिक्त पूर्व मुख्यमन्त्री पवन चामलिङको अन्तरवार्तालाई लिएर त्यसको आलोचनामा भनिन पवन चामलिङले नेपालमा गएर त्यहाँको राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै पवन चामलिङले नेपालमा गएर त्यहाँको प्रधानमन्त्री बन्छु भन्ने सपना बुन्दै गरेको पनि बताइन्।
सिक्किमको राजनीतिलाई अन्तर्राष्ट्रियस्तरमा पुऱ्याउँदै पवन चामलिङले नेपालमा गएर राजनीति गरे त्ये सिक्किमलाई ठूलो नोक्सान हुने बताइन्। उनले पवन चामलिङले भारतको नागरिकता खारिज गरेर नेपालको नागरिकता लिने माग गर्दै आएको पनि बताइन्। सिक्किममा सिक्किमेको राज हुनुपर्छ भने पूर्व मुख्यमन्त्री पवन चामलिङलाई सिक्किमबाट जानदिन नहुने पनि बताइन्। एसकेएम सरकार सात महिनाको नानी भएको कारण फेसबुकमा कुनै लेख नलेखि नेताहरूलाई भेटेर आफ्नो गुनासो राखिदिने अपील गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता सोनाम छोपेल शेर्पाले सरकारमा आफू आफ्नै अधिकारमा लडिरहेको बताए। उनले पार्टी कार्यकर्ता भएपछि मैले पार्टी र राज्यलाई के दिन्छु भन्ने भावना हुनुपर्छ भन्ने विचार राखे। कार्यक्रमलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले पनि सम्बोधन गरेका थिए।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!