गान्तोक, 29 अप्रेल। सिक्किमको प्रवेशद्वार रम्फूमा आउजाउ गर्ने वाहनहरूलाई विसंक्रमण गर्ने गेट जडान गरिएको छ। राज्यको भू राजस्व तथा आपदा प्रबन्धन विभागका मन्त्री कुङ्गा निमा लेप्चाले उक्त वाहन संक्रमण गेटको उद्घाटन गरे। यस अवसरमा सिक्किमका सूचना तथा जनसम्पर्क, कृषि तथा वागवाणी मन्त्री एलएन शर्मा, भवन तथा आवस एंव परिवहन मन्त्री सञ्जित खरेल अनि विभागीय अधिकारीहरूक उपस्थिति रहेको थियो।
उल्लेखनीय छ उक्त विसंक्रमण मशिनको गेट बनाउने कार्य पश्चिम सिक्किमको बर्मेक सुम्बुकका 22वर्षीय युवा विशुहाङ लिम्बूले गरेका हुन्। उनले यो प्रयास सरकारलाई कोविड 19 को महामारीसित संघर्ष गर्न सहयोग पुऱ्याउने उद्देश्य राखेर गरेको हो।
उद्घाटनपछि बोल्दै मन्त्री लेप्चाले विशुहाङ लिम्बूले वाहन विसंक्रमण गर्ने मशिन मात्र होइन अन्य धेरै आविष्कारहरू सानो उमेरमै बनाउन सफल भएको बताए। उनले युवा विशुहाङलाई बधाई तथा शुभकामान दिए। उनले सिक्किमे युवामा देशलाई यस्ता अभिवन कार्य गर्ने दिशामा प्रतिनिधित्व गर्न सक्ने क्षमता रहेको बताए। यो गेट खानी तथा भूगर्भ विभाग. पुलिस, स्वास्थ्य, विद्युत, पीएचई, एनडीआरएफ, मुख्यमन्त्री कार्यालय आदिको साथमा समन्वय बनाएर सफलतापूर्वक जडान गरिएको अनि यसले वाहन विसंक्रमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।