Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

रम्फू मल्लीमा एन्टीजेन जाँच बन्द गर्दै सिक्किम छिर्नेको निम्ति नयाँ मानदण्ड जारी गऱ्यो सिक्किमको स्वास्थ्य विभागले


गान्तोक, 1 सेप्टेम्बर। सिक्किम सरकारको स्वास्थ्य विभागले कोविड 19 बारे नयाँ मानदण्ड तय गर्दै अधिसूचित गरेको छ। सितम्बरको पहिलो दिनदेखि रम्फू र मल्ली चेकपोष्टबाट आउनेहूरलाई रेपिड एऩ्टीजेन जाँच नगरिने भएको छ। यसको मुख्य कारण जाँचमा नेगेटिभ भेटिएको अवस्थामा कोही बेला झुटो विश्वास सिर्जना हुने तर पछि समस्या हुने गरेको कारण यसो गरिएको बताइएको छ।यसका साथै नेगेटिभ आएर पनि कोरिन्टिनमा बस्नुपर्ने अनिवार्यता रहेको छ। अब उसो क्वारिन्टिनमा बस्नेहरूले घरमा अथवा सुविधामा 11 दिन बस्नुपर्ने छ। अब उसो क्वारिन्टिनको समयमा कुनै जाँच गरिने छैन भने यदी 7 दिन उतापछि भने कोरोनाको सङ्केत पाइएमामात्र जाँच गरिनेछ। अर्कोतिर फर्कि आउनेहरूको सिक्किमे हुनु पर्नेछ अथवा सिक्किममा घर भएका हुनुपर्ने अथवा सिक्किममा दुइ वर्षदेखि बास्दै आएको प्रमाण हुन अऩिवार्य छ अनि स्वास्थ्य विभागले जारी गरेको registration.covid19sikkim.org. बेवसाइटमा पञ्जिकरण गरेर मात्र सिक्किम प्रवेश गर्न पाउनेछन्।
अर्कोतिर सिक्किममा छोटो समयको निम्ति व्यापार, घरेलु तथा अन्य कामको निम्ति आउनेहरूले पनि कोविड मानदण्ड अनुसार रम्फू चेकपोष्टबाट मात्र आउन दिइऩे छ तर 7 दिन भन्दा धेरै बस्न नपाइने बताइएको छ। यसरी आउनेहरूलाई सुनिश्चित गरिएको होटलमा क्वारिन्टिन गरिनेछ। यसका साथै सिक्किम आएको 48 घण्टाभित्रमा एसटीएनएनको फ्लु क्लिनिकमा कोविड जाँच आरटीपीसीआरको माध्यमबाट गरिनेछ। उक्त जाँचमा नेगेटिभ आएको खण्डमा होटल, गेस्टहाउस तथा अन्य वास व्यवस्थामा उनीहरूको इच्छा अनुसार सर्ने अनुमति दिइऩे छ। यदी उनीहरू कोरोना पोजेटिभ भेटिएमा स्वास्थ्य विभागले तय गरेको कोविड मानदण्ड अनुसार उपचार गर्नपर्नेछ भने उपचार खर्च बिरामी आफैले बेहोर्नुपर्नेछ।
भुक्तान गर्नुपर्ने क्वारिन्टिनको दर एउटा कोठाको निम्ति 2 हजार रूपियाँ निश्चित गरिएको छ यदी दुइजना बसेको खण्डमा 1 हजार रूपियाँ प्रति व्यक्तिको दरले एक दिनको तिर्नुपर्नेठछ। यसैगरि आरटीपीसीआर जाँचको निम्ति 35 सय़ रूपियाँ छुट्टै तिर्नुपर्नेछ।
कर्मचारी तथा मजदुरहरूलाई मालिक र ठेकादारको अनुरोधमा आउन दिइऩे छ भने उनीहरूको क्वारिन्टिनको खर्च उनीहरूले उठाउनुपर्ने छ भने कोरोना पोजेटिभ भएमा उपचारको खर्च पनि कर्मचारी तथा मजदूर ल्याउने व्यक्तिले भुक्तान गर्नुपर्नेछ।
फर्किआउनेहरूको निम्ति होम क्वारिन्टिनको सुविधा उनीहरूको घरको जाँच पछि सही रहेको खण्डमा जिल्ला प्रशासनको अनुमतिमा दिइऩे छ भने किरायको घरमा बस्नेहरूको निम्ति घरमालिकको निराप्त्ती (एनओसी) हुन जरुरी गरिएको छ। अन्य मामिलाहरूमा भने फऱ्कि उनेहरूले भुक्तान गर्नुपर्ने अथवा सुविधा क्वारिन्टिनमा स्वास्थ्य विभागले तोकेको मानदण्ड अनुसार बस्नुपर्ने छ भनि स्पष्ट रूपमा नयाँ मानदण्डमा उल्लेख गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!