Loading... आजः बिहिबार , माघ ३, २०८१

रम्फू-रोडाथाङ रोड 4 माइल भस्मेमा भत्कियो 50 भन्दा धेरै गाउँ सम्पर्कहीन


रम्फू, 24 सितम्बर। पूर्व सिक्किमको रम्फू-रोडाथाङ रोड 4 माइल भस्मेमा लगभग 110 मिटर भत्किएपछि रिनाक, रोङली, पाकिमसमेत 50 भन्दा धेरै गाउँहरू अहिले सड़क सम्पर्कबाट विछिन्न बन्न पुगेको छ। इलाकामा अनगन्ति दवाई कारखानाहरू स्थापित छन् जसको मालवाहक ठूला वाहनहरू दैनिक रूपमा सयौंको संख्यामा ओहोर दोहोर गर्दछन्। यसका साथै क्षेत्रमा दुइवटा जल विद्युत परियोजना निर्माणाधिन र सञ्चालित रहेहको छ। तर सड़कको उपयोगमात्र गर्ने त्यसको सम्महार र रेखदेखमा भने चासो कम्ती रहेको कारण आम मानिसहरूको निम्ति भने भस्मे 4 माइलको सड़क गाडे घाउ बनेको छ।
प्राप्त जानकारी अऩुसार सड़क हिज परेको हात्ती सुढे पानीको कारण बगेको हो। यात्रुहरू अहिले वाहन फेरेर आफ्नो गन्तव्य पुगिरहेका छन्। अर्कोतिर भारत-चीनको सीमामा तैनाथ सेनाको निम्ति नाथुला, डोकलाम जस्तो सम्वेदनशील क्षेत्र पुग्नको निम्ति वैकल्पिक र सोझो मार्गको रूपमा पनि सिक्किमको प्रवेशद्वार रम्फूदेखि 110 किलोमिटर रहेको छ। तर यसको व्यवस्थापन सही नहुँदा अहिलेको संक्रमाणकालिन स्थितिमा सीमावर्ती क्षेत्रको निम्ति सेनालाई पनि उस्तै समस्या हुनसक्ने देखिएको छ। (सञ्जय अग्रवाल)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!