Loading... आजः शनिबार , श्रावण १२, २०८१

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ


 

प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

Insert your Ads code here

ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ।

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरूमाथि दुव्र्यवहार हुन थालेको छ।

भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरूबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन्।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!