Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

राजदूत पाण्डेद्वारा पैचिङमा नेपालका लागि पाँच पूर्व चिनियाँ राजदूतसँग भेटघाट


चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालमा काम गरेर फर्किएका चीनका पाँच जना पूर्वराजदूतहरुसँग बेइजिङमा छलफल गर्नुभएको छ। नेपाली राजदूतावास परिसरमा रहेको राजदूत निवासमा लन्च मिटिङका लागि आमन्त्रित पूर्वराजदूतहरुले केही दिनअगाडि “अनौपचारिक” रूपमा अनुभवहरुको आदान–प्रदान गरेका थिए।

भेटमा सहभागी बेइजिङस्थित नेपाली दूताबासका एक अधिकारीले पूर्वराजदूतहरुसँग नेपालको अनुभव कस्तो रह्यो भन्ने कुरामा छलफल भएको बताए।

नेपाल-चीन सम्बन्धमा धेरै सम्भावना र आयामहरु रहेको उल्लेख गर्दै तिनलाई उजागर गरी फलिभूत बनाउन द्विपक्षीय सहकार्यमा जोड दिनुपर्ने विषयमा उनीहरूबीच छलफल भएको पनि ती अधिकारीले जानकारी दिए।

भेटमा पूर्व राजदूत लि त प्याओ, चाङ्ग च्यु हुवान, उ छोङ्ग योङ्ग, सुन ह फिङ्ग र छ्यु को होङ्ग थिए। नेपालसमाज अनलाइनका अनुसार उनीहरु क्रमशः सन् १९८७ र २०११ बीचमा चीनको राजदूतको रुपमा नेपालमा कार्यरत थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!