राजापुरको शिक्षा सुधारका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने ः–नगर प्रमुख थारु
बर्दिया राजापुर
जेष्ठ९
राजापुर नगरपालिका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका भित्र रहेका प्र.अहरुसंगको पहिलो बैठकमा राजापुर नगरपालिका गुणस्तरीय शिक्षाका लागि शिक्षा पर्तिवतन गर्न आवश्यक बताउदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने बताउनु भएको छ ।
आज सोमबार नगर प्रमुख दिपेश थारुले शिक्षा पर्तिवतन गर्नु पर्छ भनेर आफुले यस कार्यक्रमबाट राय लिन खाजेको बताउँदै ,हामी नयाँ बजेट बनाउने क्रममा छौ बजेट बनाउनु भन्दा अगाडी नै तपाईहरुको राय सुझावको आवश्यकता भएको बताउदै ,राजापुर क्षेत्रको शिक्षामा सुधार ल्याउन आफुले शिक्षा मन्त्रालयमा वजेट आह्वानको लागि फोन गरी बजेट माग गरेको बताउनु भयो ।
बजेटको हिसावले शिक्षामा कुनै पनि हालतमा तपाईहरुलाई कमी हुन दिने छैन, तर बजेट आएन, बजेट पुगेन, त्यस कारणले यो गरेनौ, त्यो गरेनौ, भन्ने तपाईहरुलाई कुनै पनि बाहना बाजी गर्ने छुट पनि हुने छैन, बजेट कहा खोज्नु पर्छ त्यो मेरो जिम्मेवारी हुन्छ, यहाँहरुले शिक्षा क्षेत्रलाई कसरी गुणस्तर बनाउन सकिन्छ त्यस तर्फ जोड दिनु हुनेछ बताउँदै ,तपाईहरुको कार्यालय सहयोगी अन्य कर्मचारीहरुको अन्तर विरोधलाई हल गर्ने छु त्यो मेरो दाईत्व भित्र पर्छ , मेरो जिम्मेवारी भित्र पर्छ, मैले गर्न तयार छु मैले पहिलो कुरा भनेको छु शिक्षामा परिर्वतन , शिक्षामा परिर्वतन भएमात्र राजापुर नगरपालिकाका मान्छेहरुमा परिर्वतन हुन सक्छ ,आर्थिक रुपमा समृद्धि तर्फ अगाडी बढ्न सक्छ बताउनु भयो ।
वहाँले अबको शिक्षा मैले यो गर्न सक्छु मैले यो सोचेकोछु भन्न सक्ने शिक्षा हुनु पर्ने ,हामी त्यो खालको वातावरण बनाउन खै सकेको त्यो त हाम्रो जिम्मेवारी हो ,
वहाले बालबाालिका लागुऔषध जस्ता दुर्वे सनीमा लागेको प्रति चिन्ताव्यक्त गदै तपाईहरुले पठाइ रहेका साना–साना बालबालिकाहरु दुर्वेसनीमा लागेकोछ यसलाई कम गर्न यो तपाईहरुको पनि त जिम्मेवारी हो त ?मैले मेरो तर्फबाट जिम्मेवारी निभाउन काहा काहा के के गर्नु पर्छ म जिम्मेवारी निभाउन तयार छु । तपाईहरु यो जिम्मेवारी निभाउनका निर्मित समाजका अगुवाहरुलाई बुझाउन जरुरी रहेको ,बजेट व्यवस्थापनका निर्मित म तयार हुनेछु ।
मैले आफ्नो पतिबध्ता पत्रमा पहिलो नम्बरमा शिक्षा भनेकोछु भन दोस्रो नम्बरमा मैले स्वास्थ्य भनेकोछु ।
जेष्ठ मसान्त सम्ममा राजापुर नगरपालिकाका हरेक युवाहरुले मागमा आधारित सिपको फम भर्न हामीले बाह्रै महिना तालिमको व्यवस्था गर्ने दक्ष जनशक्ति बनाउने चाहना हो राजापुर नगरपालिकालाई राम्रो बनाउन निर्मित समृद्धि तिर लैजानका निर्मित तपाईहरुको सहयोग समर्थन चाइएको छ ।अब प्रत्येक स्कुलमा ई हाजिरी सेवा सुरु गरीने,प्रत्येक स्कुलको प्रत्येक कक्षा कोठामा सिसि टिभी क्यामेरा लगाईने यहाीबाट निगरानी राखीने व्यवस्थापन पनि गर्ने राम्रो काम गर्ने शिक्षकहरुलाई प्रत्येक बर्षमा सम्मान पुरस्कृत गर्ने छौ यो हाम्रो बाचा हो बताउनु भएको छ ।
राजापुर नगरपालिकाका वरिष्ठ प्र.अ.सरोज कुमर झाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ प्र.अ.सरोज कुमार झाले पहिलो पटक यसरी शिक्षा क्षेत्र शिक्षा सुधारका लागि साथ दिन लाग्नु भएको प्रति नवनिर्वाचित नगर प्रमुखप्रति हार्दिक आभार प्रकट गदै नगरपालिकाले चालेको यस कदममा हामीसधै साथ र सहयोग गर्ने बताउनु भयो ।
बैठकमा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी लगायत राजापुर नगरपालिका भित्र रहेका सम्पुर्ण बिद्यालयहरुका प्र.अ.हरुको उपस्थित रहेको थियो ।