राजापुरनगरपालिकाको वडा नं ५ बसन्ता र कृष्णनगरटोल पहिलो पुर्ण सरसफाई उन्मुख समुदाय घोषणा
मंसिर ११ /राजापुर बदिया
गत बुधबार एक कार्यक्रम बिच राजापुरनगरपालिकाको वडा नं ५का बसन्ताटोल र कृष्णनगरटोललाई नगरपालिकाकै नमुना पहिलो पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ ।
कृष्णनगर टोल घोषणा कार्यक्रममा सम्बोधन गदै कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश बर्दिया २ खका सासद दिपेश थारुले पुर्ण सरसफाई आजको लागि मात्र नभएर सधैको लागि हुनु पर्ने बताउदै ८० प्रतिशत भन्दा बढी रोगहरु पानी र सरसफाईकै कारणले लाग्ने भएकोले लुम्बिनी प्रदेशसरकारले ५ बर्ष भित्र स्वच्छ पानी पुराउने कार्यक्रम गर्ने तयारीमा लागेको बताए । घरघरमै सिंहदरवारको बिषयमा धेरै टिका टिप्पनी सुन्ने गरेकोले सासद थारुले बताउदै अहिले जुन जनताले घरदैलोमा सेवा पाएका छन् के त्यो घरघरमै सिंहदरवार होइनत ? सिंहदरवारबाट पाउने सेवाहरु अहिले वडाहरुबाट जनताले पाइरहेको बताए । समाजिक , भौतिक बिकासको लहर छाइरहेको सासद थारुले बताउदै १ बोरा मल नपाउदैमा सरकारले केही काम नगरेको भन्न नहुने, लुम्बिनी प्रदेश सरकारले मल व्यवस्थापनका लागि मल कारखाना स्थापना गर्न कार्यदल गठन गरी अध्ययन समिती गठन भइ काम भइरहेको र यस बर्ष किसानका लागि मल व्यवस्थापन गर्न आफु लागि परेको र अहिले सहज हुदै गइरहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी तथा राजापुरनगरपालिका प्रमुख शिब प्रसाद चौधरीले धेरै प्रयास र दुख कष्ट गदै आज बसन्ता र कृष्णनगरटोलले पुर्ण सरसफाई टोल घोषणा गर्न सफल भएकोमा टोलवासीहरुलाई धन्यवाद दिदै विकास भनेको पुलपुलेसा,बाटोघाटो ,भवन निर्माणमात्र नभएर दिगो व्यवस्थापनका लागि सरसफाई पनि विकासको रुपमा रहेको बताउदै ५ बर्ष भित्र राजापुरनगरपालिकाका १० वर्टै वडामा ग्राईवेलबाटो निर्माण गरीसक्ने लक्ष्यका साथ कामहरु भइरहेको बताउनु भयो नगर प्रमुख चौधरीले शिक्षा क्षेत्रको बिकासका लागि विद्यार्थीहरुलाई पठ्न पाठ्नमा भवन अभाव हुन नदिन बिद्यालयहरुमा भौतिक संरचना काम भइरहेको, राजापुरनगरपालिकाका १० वटै वडाका सामुदायक बिद्यालयहरुबाट नि शुल्क शिक्षा घोषणा भएको, प्रत्येक वडाहरुमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य केन्द्र स्थापना, नगरवासीहरुको आर्थिक समृद्धिमा सुधार ल्याउन कृषि सम्बन्धी काम, १ हजार जना युवा युवतीहरुलाई लोकसेवा तालिम तथा समुदायकालदागि माग अनुसारको तालिमहरु प्रदान गदै आइरहेको र वडाबाट नगरवासीहरुलाई सेवा दिने कामहरु भइरहेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले रोग लाग्नुको मुख्य कारण नै सरसफाई भएकोले सरसफाई के कारण आर्थिक सुधार हुने , बताउदै स्वच्छ समाज निर्माणका लागि हरेक नागरिकहरुले सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो ।
राजापुरनगरपालिका वडा नं ५का अध्यक्ष राम बहादुर चौधरीले हामीले वडालाई पुर्ण सरसफाई वडा घोषणाका लागि आ–आफ्नो तर्फबाट दाईत्वलिई टोल टोलमा पुगी सचेतना कार्यक्रम गदै आइरहेका कारण आज बसन्ता र कृष्णनगरटोललाई पुर्ण सरसफाई उन्मुख समुदाय घोषणा गदै नमुना टोल बनाउन सफल भएको बताउनु भयो । नगरपालिकाबाट उक्त टोललाई बिकास निर्माणका काम को लागि ५ / ५लाख प्रदान गरीने बताउनु भयो ।
वडा अध्यक्ष चौधरीले पुर्ण सरसफाईका कार्यक्रम सगसगै गुणात्मकरुपमा विकास निर्माणका कामहरु पनि भइरहेको बताउदै शिक्षामा हरेक वालबालिकाको पहुचका लागि कक्षा १ देखी १० सम्म निशुल्क शिक्षा, ड्रेस,पुस्तक तथा आवश्यक शैक्षिक सामाग्री वितरण, स्वास्थ्य क्षेत्रमा बदालपुर स्वास्थ्य केन्द्रमा बर्थिक सेन्टर, त्रिवेणी बजारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, र अब कृषिहरुका लागि बदालपुरमा सित भण्डार स्थापनाका लागि नगरपालिकामा निर्णय भएको बताए ।
कृष्ण नगरटोलका वडघर सुनिल कुमार थारुको सभापत्त्पिमा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य बनवारीलाल चौधरीले गर्नु भएको थियो भने पुर्व बदालपुर गाविसअध्यक्ष तथा समाज सेवी डिबी चौधरी, समाजसेबी प्रजापती न्यौपाने, किसान मा.विका प्र.अ प्रेम बिक.,आईडिएस नेपालका पालिका कोडिनेटर विनोद लामिछाने, सरसफाई समितिका अध्यक्ष कृष्ण चौधरीहरुले शुभ कामना मन्तव्य राखेका थिए । भने कार्यक्रम संचालन वडा सचिक प्रकाश वली ले गर्नु भएको थियो ।
त्यस्तै राजापुरनगरपालिका वडा नं ५ का बसन्ताका वडघर चन्द्रा थापामगरको सभापत्तिवमा भएको पुर्ण सरसफाई उन्मुख समुदाय घोषणा कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी, विशिष्ट अतिथी राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरी, वडा नं ५का अध्यक्ष राम बहादुर चौधरी रहनु भएको थियो । बसन्तामा भएको कार्यक्रममा स्थानियवासी दुर्गा आर्चायले मनत्व्य राखेका थिए । भने प्रतिबद्धता नगर प्रमुख शिब प्रसाद चौधरीले समुदायकावासीहरुलाई गराएका थिए ।