Loading... आजः शनिबार , श्रावण १२, २०८१

राजापुरनगरपालिका १०को मझरामा बत्तीबल्दा स्थानीयवासी हर्षीत


बर्दिया राजापुर
राजापुरनगरपालिका वडा नं १०को मझरामा बत्ती बल्न सुरु भएको छ ।
करीब १८० घरधुरी रहेको राजापुर नगरपालिका वडा नं १० को मझरा गाउ कर्णाली नदीको भागले घेरीएको क्षेत्र भएकोले बिगत लामो समय देखी बिजुली बत्ती पुग्न सकेको थिए । गाउँमा पहिलो पटक बत्ती बल्दा स्थानीय वासी हर्षीत भएका छन् ।


राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुको अथक प्रयासबाट मझरा गाउमा बसोवास गर्ने समुदायले माग गरे अनुसार पुलनिर्माण पछि र पहिलो पटक सो क्षेत्रमा बत्ती बलेको हो ।
मजरा गाउँका पुर्व बरघर राम लाल थारुले मेयर साहेबले आफु प्रदेश सासंद हुँदा पुल दिन्छु भन्नु भएको थियो त्यो पनि पुरा भयो, अब म तपाईहरुको यसठाँउमा बत्ती बाली दिन्छु भन्नु भएको थियो त्यो आज पुरा हुदै छ उहाँले आज आफुले बोलेको कुरा पुरा गरेकोमा धेरै खुुुुसी लागेको बताए ।
त्यस्तै स्थानिय वासी अन्तराम थारुले २०४६ सालमा बसेको यो बस्तीमा पहिलो पटक बत्ती बलेकोमा धेरै खुसी लागेको बताउँँदै नगर प्रमुखले बोल्दै आइरहनु भएको कुरा पुरा गर्नु भएको बताए ।


स्थानीयवासी गौरी शंकर बैगारले नाउबाट ढगमग हुदा मर्ने डर थियो त्यो पनि हटेको बताउँदै ,यो मझरामा बत्ती आउँदा भन्ने हामीले सोचेका पनि थिएनौ ,धेरैले यो गछौ उ गछौ भन्ने आश्वसन दिने गरेको भएतापनि अहिले सम्म कसैले केही नगरेको तर अहिले मेयर साहेबको कृपाले गर्दा घर घरमा बत्ती जडान भएको हात्ती आएको पनि देखीन्ने भयो अब हामी सुरक्षामा हुने भयौ बताए ।
नगर प्रमुख दिपेश थारुले आफु यस क्षेत्रमा आउँदा समुदायको माग अनुसार ढुगाको माग पुरा गरेको बताउँदै आफुले प्रदेश सांसद जितेमा यस क्षेत्रमा बसोवास गर्ने समुदायका लागि आवतजावतमा सहजहोस भन्नका लागि झुलुङ्गे पुल दिने भनेको थिए केही बर्ष अगाडी सम्पन्न गरी सकेको र आजबाट बत्ती जडान कार्य सम्पन्न गरी आफुले बोलेको कुरा पुरा गरेको बताउदै अब बत्ती जडान पछि सिचाई मिटर जडान गरी सिजनल अनुसारको तरकारी खेती उत्पादनमा पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

Insert your Ads code here


राजापुरनगरपालिका वडा नं १०का वडाअध्यक्ष शिब लाल थारुले आजको दिन यस क्षेत्रका लागि ईतिहासीक दिनको रुपमा रहेको बताउदै आजबाट हामीले घर घरमा बत्ती बाल्न पाएको , मझरामा बत्ती आएपछि अब कृषि पेशाहरु गरी जिविको पार्जनगर्न पनि सहज हुने भएको बताउदै जगली जनावरबाट हुने क्षती कम गर्न आफुले पहल गर्ने बताए ।


वडा नं ५का वडा अध्यक्ष रमेश चौधरीले जुन बिषयमा यहाँका जनताहरुले उठाउदै आइरहनु भएको थियो त्यो नगर प्रमुख दिपेश थारुको विशेष भूमिका पहलमा आज पुरा हुदै गइरहेको बताउँदै यस क्षेत्रको विकासमा बिद्युत जडान पछि थप मद्दत पुग्ने बताउनु भयो ।
बिधुत प्राबिधिकरण राजापुर वितरण केन्द्रका दिनेश वलीले नगर प्रमुख दिपेश थारुले आफु प्रदेश सासद हुदाँ देखी नै विशेष पहल गर्दै आइरहनु भएको बिद्युत जडान कार्य आज सम्पन्न भएको बताउँदै करीब १ करोडको लागतमा राजापुर क्षेत्रमै पहिलो पटक उत्कृष्ट लाईन जडान भएको ५० /५० किलोवाटको २ वटा ट्रान्सफमर जडान गरीएकोमा हाल ६० जनाले बिद्युत जडानको लागि फायल दर्ता गरेकोमा ४० वटा घरमा मिटर जडान भइसकेको बताउनु भयो ।
बिद्युत उद्घाटन कार्यक्रममा राजापुरनगरपालिका वडा नं ४का वडाअध्यक्ष बिदुर पोखरेल लगायत बिधुत प्राबिधिकरण राजापुर वितरण केन्द्र र गुलरिया वितरण केन्द्र प्रमुखहरु, वडघरहरु र स्थानियवासी को उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!