Loading... आजः आइतबार , बैशाख १४, २०८२

राजापुरबाट एक युवाको उद्दार


 

 

Insert your Ads code here

मंसिर २२/बर्दिया

राजापुरबर्दियाको राजापुरवाट एक युवाको उद्दार गरिएको छ ।  अभिभावक विहीन भई सडकमा बस्ने बारबर्दिया नगरपालिका वार्ड न. २ धुङ्ग्रहीका १८ बर्षिय रामबहादुर थारुको सोमबार राजापुरवाट उद्दार गरिएको हो ।
विगत २० दिन देखि राजापुर नगरपालिका वार्ड न. ४ मा रहेको हनुमान गढी मन्दिर नजिकै तरकारी हाटबजारको परिसरमा मागेर खानुका साथै सडकमै बसोबास गर्दै आएका उनलाई स्थानीय कानून व्यवसायी महादेव रत्गैयाले सहयोग गर्दै आएका थिए । उनको पीसीआर परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि सोमबार निलसागर सेवाश्रमको टोलीले उद्दार गरेको हो ।  उनलाई सेवाश्रममा राखेर मनोसामाजिक स्याहार सम्वन्धी परामर्सका साथै निःशुल्क उपचारको व्यवस्था गरिने निलसागर नेपालगन्जका उपाध्यक्ष अमन सुवेदीले बताए ।
सोमबार उनको उद्दारमा सहयोग गर्न बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु, वडा अध्यक्ष खुशी राम थारु समेत राजापुरमा आएका थिए । उद्धारकार्यमा बर्दिया उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, निलसागर बाँसगढीका संयोजक नवराज कुवर, मानसरोवर पोलिकिल्निक राजापुरका प्रमुख तथा पत्रकारहरुको उपस्थीती रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!