Loading... आजः बिहिबार , चैत्र १३, २०८१

राजापुरमा आज आइतबार पनी सेवा प्रवाह


बर्दिया राजापुर
जेष्ठ २२
बर्दिया — बर्दियाको राजापुर नगरपालिकाको कार्यालय आज आइतबार पनि सञ्चालन भएको छ । सोमबार कार्यपालिकाले पूर्णता पाएपछि (मंगलबार) राजापुर नगरपालिकामा बसेको कार्यपालिकाको पहिलो बैठकले विकास निर्माण, योजना, आर्थिक वर्ष ०७९/०८० को बजेटलगायत सेवाग्राहीलाई सुविधा दिनआगामी आइतबारदेखी कार्यालय खुला राख्ने कार्यापालिकाको बैठकले निर्णय गरेको थियो ।

नयाँ आर्थिक वर्ष सुरु हुन करिब डेढ महिना बाँकी रहेकोले कामलाई तीव्रता दिन आइतबार कार्यालय सञ्चालन गर्न लागेको नगर प्रमुख दिपेश चौधरीले बताउनु भएका छ ।
सरकारले जेठ १ गतेबाट सातामा दुई दिन कार्यालय बन्द रहने निर्णय गरेको थियो । राजापुर नगरपालिका कार्यालय साविक समय अनुसार सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो ।
कार्यपालिकाको पहिलो बैठकले आर्थिक वर्ष ०७९/०८० को बजेट मार्फत लागि नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सुपर स्पेसिलिटी सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालका लागि जग्गा उपलब्ध गराउने, आईतबार बिदा हटाउने ,नगरपालिकाका योजना संशोधन गर्ने,आवश्यक बजेट व्यवस्थापन गरि दिगो विकास लक्ष्यको स्थानीयकरण रणनीतिक योजना निर्माणन्यायीक समितीमा २जना सदस्य थप गर्ने, अपागता परिचय पत्र वितरण समन्वय समिती स्थानिय बाल अधिकार समन्वय समिती, लैङ्गक हिंसा निवारण कोष संचालन समिती बाल कोष संचालन समितीमा सदस्य थप गर्ने, कर्णाली नदी नियन्त्रण आयोजनालाई चक्कापुर, सत्तीपुल अन्य स्थानमा तत्काल नदी नियन्त्रणको काममा नदीजन्य पदार्थका लागी सहजीकरण गर्नैलगायत १२ वडा महत्वपुर्ण निर्णय भएको जानकारी दिनु भएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!